News Category 2079/10/10
मधेशका प्रणेता स्व.गजेन्द्र नारायणको सम्झना
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
मधेशी अधिकारका लागी संगठित अभियानको नेतृत्व गरेका स्व. गजेन्द्र नारायण सिंहको योगदान बारे चर्चा गर्दै उनलाई स्मरण गरिएको छ ।
स्व. सिंहको २१ औं स्मृति दिवसको अवसरमा स्मरण गर्दै विभिन्न कार्यक्रमको आयोजना गरी मंगलबार राजविराजमा स्मृती दिवस मनाइएको छ ।
यस अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरी तथा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले संयु्क्त रुपमा श्रद्धाञ्जली सभा, अन्तरक्रिया र सालिकमा माल्यार्पण लगायतका कार्यक्रम गरेका छन् ।
भस्लोसपा जिल्ला अध्यक्ष सुनिल कुमार झाको अगुवाईमा गजेन्द्र चौकस्थित स्व.सिंहको शालिक तथा सप्तरी सेवा आश्रममा रहेको उनको समाधि स्थलमा माल्यार्पण गरिएको छ ।
यस्तै जिल्ला अध्यक्ष झाको अध्यक्षता तथा केन्द्रिय नेता अमरकान्त झाको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा लोसपाका केन्द्रिय तथा स्थानीयस्तरका नेता÷कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा लोसपाका केन्द्रिय नेता दिपेन्द्र चौधरी, राजेन्द्र प्रसाद यादव, कुवँरनाथ मिश्रका साथै जिल्ला समन्वय समितीका उपप्रमुख शम्भु यादव, राजविराज नगरपालिकाका निर्वतमान नगर प्रमुख शम्भु प्रसाद यादव, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका अध्यक्ष अजय कुमार झा, लोसपाका युवा नेता मनोज कुमार झा, राजकुमार यादव, गर्भु महतो, भुषणा झा, अमरलाल मण्डल, विनोद कुमार यादव लगायतले पनि बोल्दै स्व.सिंहको योगदान बारे चर्चा गरे ।
यस्तै प्रदेशसभा सदस्य सतिश कुमार सिंह, जसपाका यूवा नेता शैलेश कुमार साह, सुमित कुमार साहलगायतले पनि स्व. सिंहको सालिकमा माल्यार्पण गरि उनको स्मरण गरेका छन् ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रणेता समेत भनिने ंिसहको २०५८ साल माघ १० गते निधन भएको थियो । सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका घर भएका सिंहको प्रत्येक वर्ष माघ १० गतेका दिन उनका अनुयायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउने गरेका छन् ।
वि.स. १९९८ सालमा रामनवमीका दिन जन्मिनु भएका गजेन्द्र नारायण सिंह मधेशी अधिकारका लागी संगठित अभियान चलाउने क्रममा २०४७ सालमा सदभावना परिषद् हुदै नेपाल सदभावना पार्टीको गठन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ