News Category 2079/10/11
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन

दैनिक समाचारदाता
राजविराज ११ माघ ।
सप्तरीका १८ वटै पालिकाका प्रमुख तथा विभिन्न राजनीतिक दलहरुले समयमै निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै बुधवार निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाइएका छन् ।
जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिव नारायण साहको नेतृत्वमा गएको प्रतिनीधी मण्डलले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको हो ।
निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको ३० दिन भित्र खर्च विवरण बुझाउनु पर्ने आयोगको नियम रहेको र सो नबुझाए ६ वर्ष सम्म उम्मेदवार हुन नपाउने, उम्मेदवार भएपनि उम्मेदवारी रद हुन सक्ने लगायतको प्रावधान रहेको छ ।
निर्वाचन आयोग ऐन २०६३ को दफा २५ मा गरिएको यस्तो व्यवस्थाले समय मै खर्च विवरण नबुझाउँदा हुने जरिवानाले राजनितीक दलकै चरित्रमाथी आँच आउने भन्दै उक्त जरिवाना मिनाह गर्न माग गरिएको छ ।
९ नगरपालिका तथा ९ गाउपालिकाका प्रमुखहरु सहित विभिन्न राजनितीक दलका प्रतिनीधीहरुद्वारा हस्ताक्षर गरिएको उक्त ज्ञापन पत्रमा जरिवाना रकम मिनाह नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
ज्ञापन पत्र बुझाउन जिल्लाका १८ वटै पालिकाका प्रमुखका साथै नेपाली काँग्रेसका राम कुमार यादव, माओवादी केन्द्रका विनोद यादव, एमालेका देवनाथ यादव, राष्टिय स्वतन्त्र पार्टीका प्रमोद शाह राना,जसपाका शम्भु कुमार यादव, जनमत पार्टीका संजय कुमार यादव लगायतका टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उक्त टोली ज्ञापनपत्रको बोद्यार्थ लिएर जिल्ला निर्वाचन कार्यालय समेत पुगेका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले तत्कालै आवश्यक कार्याथ निर्वाचन आयोगको कार्यालय काठमाडौमा पठाई दिने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ