News Category 2079/10/12
कैदीबन्दीले पनि मनाए सरस्वती पुजा
दैनिक समाचारदाता
राजविराज, १२ गते ।
राजविराज कारागारका कैदीबन्दीले समेत यस पटक सरस्वती पूजा धुमधामका साथ मनाएका छन् । विशेष गरि बसन्त पञ्चमीका अवसरमा विद्यार्थी तथा शिक्षकले मनाउने यो पुजा यस पटक कैदीबन्दीहरुले पनि मनाएका हुन् ।
उनीहरुले कारागार भित्र रहेको क र ख दुबै ब्लकमा सरस्वती देवीको माटाका मुर्ती स्थापना गरि भव्य साज सजावट समेत गरेका छन । मुर्ती राखिएको ठाँउ र वरीपरी रंगी चंगी कागजले सजाएर उनीहरुले पुजापाठ गरेका छन् ।
पुजाका लागी कैदीबन्दीहरुले एक आपसमा चन्दा समेत संकलन गरेका छन । यस्तै पुजाका लागी सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय महेश प्रसाद यादव र शतिस सिंहले जनही ५÷५ हजारका दरले सहयोग उपलब्ध गराएको कैदी कामेश्वर यादवले बताए ।
सरस्वती पुजा कैदीबन्दीहरुले पनि भब्यताका साथ मनाउने इच्छा देखाएपछी अनुमती संगै कारागारका कर्मचारीहरु मिलेर २ थान सरस्वतीको मुर्ती उपलब्ध गराइदिएको जेलर किशोर रामले बताए ।
सरस्वती माताको पुजाका लागी कैदीबन्दीहरुले देखाएको चासोमा समर्थन मात्र होइन, ब्यक्तीगत तवरबाट कर्मचारीहरुले समेत मुर्ती खरिद गरी सहयोग जुटाईदिएको जेलर रामले बताए ।
एक सय ५५ जना क्षमता रहेको राजविराज कारागारमा हाल ३ सय ७४ जना कैदीबन्दी छन् । क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा विभिन्न समस्या झेलिरहेका बेला उनीहरुले विद्याकी देवी सरस्वतीमाताको पुजा गरी पापबाट मुक्ती तथा विद्या प्राप्तिका लागी पुजापाठ गरी प्रार्थना गरेका हुन् ।
विगत ७ वर्ष देखी जेल जीवन विताइरहेका कैदी सलमान भन्ने मो.रफिक राईनले पापबाट मुक्ती तथा सत्य मार्गमा हिड्न ज्ञान र शक्ती प्राप्तीका लागी सबै मिलेर कारागार भित्र सरस्वती पुजा गरेका बताए । उनले आफु मुस्लिम समुदायका रहेपनि हिन्दु धर्म प्रति पनि उत्तिकै आस्था रहेको तथा सामाजिक सदभाव कायम गर्न समेत पुजामा सकृय भई सहभागि भएको सुनाए ।
यता बसन्त पञ्चमीका अवसरमा जिल्लाका विभिन्न विद्यालय र कलेजका विद्यार्थी, शिक्षक, प्राध्यापकका साथै टोल÷टोलमा स्थानीय युवाहरुले मुर्ती स्थापना र भब्य सजावट गरी श्रद्धापुर्वक सरस्वती पु्जा मनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ