News Category 2079/10/14
विचार मिल्नेसित पार्टी एकीकरण र आंशिक रुपमा विचार मिल्नेसित सहकार्य ः अध्यक्ष नेपाल
राजविराज÷नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूहरु विचार मिल्नेसित पार्टी एकीकरण र आंशिक रुपमा विचार मिल्नेसित सहकार्य गरि दुबै विकल्पका लागि तयार रहेको बताएका छन् ।
पार्टीको जिल्ला किमिटी सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलसित मिलेर जान सकिने भन्दै त्यसका लागि छलफलमा रहेको समेत खुलासा गरे ।
उनले बाम एकता मुलुकको आवश्यकता भएपनि निहीत स्वार्थले त्यसमा वाधा पु¥याइरहेको बताए । पार्टीका संस्थापक नेता पुष्पलालले पनि २००६ सालमा आफ्नै पार्टीमा बिद्रोह गर्नु परेको प्रसङ्ग राख्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टीमा बिग्रह आएको टिप्पणी गरे ।
आफूहरुले एमालेलाई क्रान्तिकारी पार्टीको रुपमा उठाएको दाबीका साथ ओली नेतृत्वमा आएपछि एकल निर्णय गर्न थालेपछि आफूहरुले पनि बिद्रोह गर्नु परेको जिकिर दोह्¥याए ।
एकल निर्णयकै आधारमा ओलीले प्रधानमन्त्री भएका बेला राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गरेको भन्दै उनले अदालतले उनको उक्त कदमलाई गैरसंबैधानिक ठहर गरिसकेको उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ