News Category 2079/10/15
प्रदेशसभा सदस्य कर्णद्वारा शैक्षिक सामग्री वितरण

दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
मधेश प्रदेशसभा सदस्य माला कर्णले भस्विद्यालयमा अध्ययनरत वालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवसको अवसरमा आइतबार प्रदेशसभा सदस्य कर्णले राजविराज वडा नं. ८ स्थित राष्ट्रिय प्राथमिक अधारभूत विधालयका वालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । विधालयका ३५ जना वालवालिकाहरूलाई ५÷५ वटा कापी र २÷२ वटा डटपेन वितरण गरिएको थियो ।
शैक्षिक सामग्री वितरण गर्ने क्रममा प्रदेशसभा सदस्य कर्णले आगामी दिनमा प्रदेशका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारको निम्ति आफूले प्रदेश सरकारसँग पहल गर्ने बताइन् । उनले विधालयमा सबै थोक हुँदाहुँदै पनि वालवालिकाहरूलाई निरन्तर पढाइका लागि प्रोत्साहन गर्नु पर्नेमा जोड दिइन् ।
सो अवसरमा प्रेस सेन्टर नेपालको जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष दिनानाथ यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, प्रेस सेन्टर नेपालको प्रदेश महासचिव गोपाल प्रसाद गुप्ता, सचिव ध्रुव कुमार मंडल, जिल्ला उपाध्यक्ष कमानन्द माझी, कोषाध्यक्ष जितेन्द्र गुप्ता लगायत विधालयका महिला शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ