News Category 2079/10/15
ठगि गर्ने दलाल तथा व्यवसायीलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
आप्रवासीहरुलाई ठगि गर्ने दलाल तथा व्यवसायीलाई कानुन अनुसार हदैसम्मको कारवाहीको माग गर्दै आप्रवासी हकहित सञ्जाल सप्तरीले ¥याली निकाल्दै आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत विभिन्न निकायमा ज्ञापन पत्र बुझाएको छ ।
राजविराजस्थित स्थानिय शिव मन्दिरको प्राङ्गणबाट प्लेकार्ड, ब्यानरसहित निकालिएको ¥यालीमा आप्रवासी ठग्ने दलाल, फटहा, मन्द्रेलाई कारवाही गर, खोजी म्यानपावरको ठगि बन्द गर, शुन्यलागतमा कामदार पठाउने व्यवस्था कार्यान्वयन गर, १९ जनाको क्षतिपूर्ती तत्काल चुक्ता गर, पीडित आप्रवासीमाथी लगाइएको झुठा मुद्दा खारेज गर, अन्यायमा परेका आप्रवासीलाई न्याय दे लगायतका माग राख्दै जिल्ला प्रशासन कार्यालय पुगि प्रमुृख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएको हो ।
आप्रवासी हकहित सञ्जाल सप्तरीका अध्यक्ष जितेन्द्र प्रसाद सिन्हाले बुझाएका ज्ञापन पत्रमा ठगि गर्ने खोजी रिक्रटमेन्ट प्रालिलाई कानुन अनुसार कारवाही, पीडित आप्रवासी युवाहरुलाई यथासिघ्र न्याय प्रदान गर्न र झुठा मुद्दा खारेज, बैदेशिक रोजगार व्यवसायीहरुको व्यवस्था खारेज गरि सरकार जी टु जि सम्बन्धी व्यवस्था मिलाई सरकारी स्तरबाट पठाउने व्यवस्थाका माग गरिएको छ ।
त्यस्तै बैदेशकि रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभंग भएका कामदारका परिवारलाई जिविकोपार्जनका आधार सृजना, उध्मशिलता विकास तालिम, प्रविधी र पुँजी सहितको बिशेष कार्यक्तमहरुको व्यवस्था गरी कार्यान्वयन गर्न लगायतमा १० बुँदे माग गरिएको छ ।
उक्त ज्ञापन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशसमेतलाई बोदार्थ गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ