News Category 2079/10/16

आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 

दैनिक समाचारदाता

आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।

    आगलागीबाट हुने क्षती रोक्न राजविराजमा सचेतनामूलक सांकेतिक अध्यास र उद्धारकला प्रदर्शन गरिएको छ । 
    सोमवार दिउँसो राजविराजस्थित राजरंगशालामा उक्त अभ्यास गरिएको हो । साच्चिकै आगलागीको घट्ना भए जस्तो देखिएको दृश्य हेर्न सर्वसाधारणको घुइचो लागेको थियो । सप्तरीमा ३ महिना यता मात्रै आगलागीका १३ घट्ना भएका छन् । आगलागीबाट करोडौको क्षती हुनुका साथै यस अवधीमा जलेर २ जनाको मृत्यु समेत भएको छ । 
    प्राकृतिक विपदको सामना पुर्व गर्नू पर्ने तयारी तथा विपदका कारण हुने यस्ता खाले सम्भावित क्षती न्युनिकरण गर्ने उद्देश्यले जिल्ला विपद ब्यवस्थापन समितीले नेपाली सेनाको बरख गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ६ नम्बर गणको सहकार्य तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा उक्त साँकेतिक अभ्यास र उद्दारकला प्रर्दशन गरेको हो । 
    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षता तथा नेपाली सेनाको २७ नम्बर बाहिनीका बाहिनीपती सहायक रथी भरत चन्द्र गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बरख गणका गणपती एवं प्रमुख सेनानी दुर्गा बहादुर थापा, सेनानी रितेश केसी, राजविराज नगरपालिकाको कार्यवाहक नगरप्रमुख इसरत प्रविण, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले, रेडक्रस सोसाईटी शाखाका सभापती जोगेन्द्र भगत, सशस्त्र प्रहरीका डिएसपी नविन सिह राई, राष्ट्रिय अनुसन्धान कार्यालयका निर्देशक टिका प्रसाद पोखरेल, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य मनोज कुमार माझीका साथै ठुलो संख्यामा उपस्थित सर्वसाधारण सामु बरख गणका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजविराज नगरपालिका बारुणयन्त्र विभागका तालिम प्राप्त उद्दारकर्ताहरुले आफ्नो कौशल देखाएका थिए । 
    आगालगी हुन नदिन र भइहाले उद्दार कसरी गर्ने भन्ने ज्ञान बाँड्ने उद्देश्यले गरिएको विपद पुर्व तयारी तथा उद्धारकला प्रदर्शनले आगलागी घट्नालाई न्युनिकरण गर्न धेरै हद सम्म मद्दत पु¥याउने कार्यक्रमका प्रमुख अतिथी नेपाली सेनाको २७ नम्बर बाहिनीका बाहिनीपती सहायकरथी भरत चन्द्र गुरुङ्गले विश्वास ब्यक्त गरे ।
    बरख गणका गणपती दुर्गा बहादुर थापाले विपद बाजा बजाएर नआउने भन्दै सप्तरी आगालागीका लागी जोखिमयुक्त जिल्लामा पर्ने भएकाले सचेतना मुलक प्रर्दशनबाट आगलागीको समयमा मानविय र भौतिक क्षती न्युनिकरणका साथै उद्दार गर्न सजिलो र सहज हुने बताए । 
    सप्तरीमा २०७७÷०७८ मा ६५, २०७८÷०७९ मा ६७ र २०७९÷०८० को हाल सम्मा आगलागीका १३ घट्ना भएको प्रहरी तथ्याङ्कले देखाएको छ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत प्रविणले आगलागी पुर्व र आगलागी पछीको सांकेतिक अभ्यासले पुर्व तयारीका लागी के के गर्नू पर्ने रहेछ भन्ने ज्ञान बाड्ने काम गरेको बताए । 
    कौशल प्रर्दशन कार्यक्रममा विपदका बेला प्रयोग गरिने वाटर हेलमेट, फायर ग्यास, बारुणयन्त्र, फस्टएड, फिगरएडका साथै राहत वितरण लगायतका समाग्रीको प्रयोग गरिएको थियो । कार्यक्रमको डोन क्यमेराबाट निगरानी गरीएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट