News Category 2079/10/17
डिजल चोरीको आरोपमा आयल स्टोरका संचालकसहित दुई पक्राउ

दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
डिजल चोरी घटनामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले एक आयल स्टोरका संचालकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका वडा नं. ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षिय श्याम कुमार साह र सप्तरीकै कञ्चनरुप नगरपालिका वडा नं. ९ बस्ने २९ वर्षिय नबराज भुजेल छन् । संचालक साहले चोरीको डिजल खरीद गरेको तथा भुजेल ट्याङकरबाट डिजल चोरी गरी बेचेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार माघ ११ गते बिहान नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट को.१ख. ३६५५ नम्बरको टयाङकरमा २० हजार लिटर डिजल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरतर्फ लैजाने क्रममा सोही दिन साँझ ट्याङकर चोरी भएको थियो ।
ट्याङकर चालक सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ९ बस्ने ४५ वर्षिय बिनोद कुमार भुजेलले उक्त ट्याङकर साँझ ७ बजेतिर कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित बि.कि. पम्पमा पार्किङ्ग गरी घर गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश सिंहले जानकारी दिए ।
उक्त ट्याङकर माघ १५ गते बिहान ९ बजेतिर जिल्लाकै शम्भुनाथ नगरपालिका वडा नं. २ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको उनले बताए । फेला परेको ट्याङकर चेक जाँच गर्दा ५ वटा च्याम्बरमा रहेको ४ हजार लिटरको दरले २० हजार लिटर डिजल मध्ये ४ वटा च्याम्बर खाली रहेको र एक वटा च्याम्बरमा मात्र डिजल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डिएसपी सिंहका अनुसार नेपाल आयल निगमले सिलबन्दी गरेको उक्त टयाङकरको सिलबन्दी तोडिएकाले डिजल चोरी भएको भन्दै घटनाको अनुसन्धान थालिएपछि नेपाल आयल निगम १ नं.प्रदेश प्रादेशिक कार्यालय बिराटनगरका कर्मचारी तथा नेपाल प्रहरी समेतको संयुक्त टोलिले छानविन तथा चेक जाँच गर्ने क्रममा चोरी घटनामा ती व्यक्तिहरुको संलग्नता रहेकोले पक्राउ गरिएको हो ।
दुबै जनालाई प्रहरीले माघ १६ गते नियन्त्रणमा लिई चोरी मुद्दा शिर्षक अन्तर्गत मंगलबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गराई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ