News Category 2079/10/18
हुकिङ गरि विद्युत चोरी गर्ने ९ जना कारवाहीमा
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्रका कर्मचारीको नेतृत्वमा बुधबार गएको प्रहरीसहितको टोलीले बिद्युत चोरी गरिरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट ९ जनालाई पक्राउ गरेको छ ।
विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा उक्त गाउँपालिकाका इजरायल मन्सुरी, जमुनम मन्सुरी, रामचुनाम मन्सुरी लगायत ९ जना पक्राउ परेको बितरण केन्द्रका प्रमुख मधुसुधन यादवले जानकारी दिएका छन् ।
केन्द्रले ग्राहकका लागि प्रयोगमा ल्याएको विद्युतीय पोलमा हुक लगाई विद्युत चोरी गरिरहेको अवस्थामा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट कानुन बमोजिम जरिवाना असुलेर सचेत गरेर छाडिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
केही दिन यता विद्युत चुहावट रोक्न केन्द्रले प्रहरीको सहयोगमा गाउँ गाउँमा पुगेर विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रता दिनुका साथै विद्युतीय सामाग्रि पनि जफत गर्न थालेको छ ।
विद्युत चोरीमा संलग्नहरुलाई कारवाही गर्न थालिएपछि विद्युत हुकिङ गरेर चोरी गर्नेको संख्या केही घटेपनि पूर्ण नियन्त्रणमा भने आइनसकेको र अभियान जारि रहने बितरण केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ