News Category 2071/08/06
हात्ती आतंकबारे सभासद्द्वारा प्रजिअ र प्रहरीलाई ध्यानाकर्षण
दैनिक संवाददाता
राजविराज, ५ मंसिर ।
सप्तरीको पुर्वीक्षेत्रमा हात्तीहरुले मच्चाउँदै आएको आंतक बारे शुक्रबार सभासद्को टोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाई ध्यानाकर्षण गराएको छ ।
सप्तरी क्षेत्र नम्बर १ का सभासद् मानपुर चौधरी र क्षेत्र नम्बर २ का सभासद् अशोक कुमार मण्डल (अमर) ले प्रजिअ बिरेन्द्र कुमार यादव र प्रहरी उपरिक्षक दानसिंह बोहराको ध्यानाकर्षण गराउनु भएको हो ।
कोशी टप्पु वन्य जन्तु आरक्षबाट आउने हात्तीहरुको समुहले जिल्लाको कञ्चनरुप नगरपालिकासहित ओद्राहा, कमलपुर, फत्तेपुर, पोर्ताहा, भारदह लगायत एक दर्जन गाविसमा किसानहरुले लगाउने बालीनाली नष्ट गर्नुको साथै मानव बस्तीमा आतंक मच्चाउँदै आएकोले तत्काल त्यसलाई नियन्त्रणको पहल गर्न प्रजिअ र प्रहरी उपरिक्षकसँग आग्रह गरेको सभासद् मानपुर चौधरीले जानकारी दिनुभयो ।
आरक्ष प्रशासनसँग पटक पटक हात्ती आतंकको समस्या बारे ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको गुनासो गर्दै सभासद्द्घयले हात्ती आतंक नियन्त्रणका लागि उहाँहरुलाई आग्रह गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी यादवले सुरक्षा समितिको बैठक बोलाएर तत्काल त्यसको पहल गर्ने प्रतिबद्धता जनाएको सभासद् चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ