News Category 2079/10/20
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
दैनिक समाचारदाता
जनकपुर, २० माघ ।
मधेस प्रदेशमा शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।
मधेश सरकारमा सप्तरीबाट दुई जना मन्त्री बनेका छन् । जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य तथा नेकपा एमालेका राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला मन्त्री भएका छन् ।
यस्तै सुरिताकुमारी साह सामाजिक विकास, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री, सिंहासन कलवार खानेपानी तथा उर्जा विकास र मोहम्मद जयद खाँ आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।
यता माओवादी केन्द्रले २ वटा मन्त्रालय मागेको थियो । मुख्यमन्त्री सरोज यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर माओवादी तयार नभएपछि सरकारमा सहभागी भएन ।
शुक्रबार मन्त्रिपरिसद् बिस्तार भएसँगै मधेश प्रदेशमा १० मन्त्री तथा ३ राज्य मन्त्रि भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ