News Category 2079/10/21
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
राजविराज÷नेपाल भारत बीचको सम्बन्ध दशकौंदेखी चलिआएकोले यो सम्बन्ध अझ प्रगाढ हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
राष्ट्रिय एकता अभियान सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको “विकास क्षेत्रमा नेपाल भारत सहयोग” विषयक विचार गोष्ठीका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
आयोजित गोष्ठीमा नेपालका विभिन्न जिल्लाहरुमा भारत सरकारले गरिरहेको विभिन्न सहयोग स्वागत योग्य रहेको भन्दै वक्ताहरुले यस्ता सहयोग आगामी दिनहरुमा निरन्तर रहने विश्वास समेत व्यक्त गरे । उनीहरुले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर सहयोग गरिरहेको स्मरण गराउँदै यस्ता सहयोगले मुलुकको विकासमा ठेवा पुगेको उल्लेख गरे ।
नेपालको भारतसँग पारिवारिक सम्बन्ध, व्यापारीक सम्बन्ध, धार्मिक सम्बन्ध समेत सदिऔंदेखी जोडिएकाले यस्ता सम्बन्धलाई अझ प्रगाढ गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका खेल्नु पर्ने वक्ताहरुले जिकिर गरे ।
राष्ट्रिय एकता अभियान सप्तरी संयोजक सुनिता चौधरीको अध्यक्षता, नेपाली काँग्रेसका जिल्ला उपसभापति रामकुमार यादवको प्रमुख आतिथ्य तथा अभियानकी केन्द्रिय उपाध्यक्ष सुनिता साहको विशिष्ठ आतिथ्यमा आयोजित विचार गोष्ठीमा हरिदेव राम, राहुल रजक, प्रमिला साह, प्रविण बानु, डम्बर नारायण साह, यूवा नेता दिपेन्द्र चौधरी, बरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार दिनानाथ यादव, पूर्वप्रअ नथुनी दास, किरण कुमारी राय, अर्जुन कुमार यादव लगायतले नेपाल भारतबीचको सम्बन्ध र नेपालको विकासमा भारतले पु¥याइरहेको योगदान बारे चर्चा गरेका थिए ।
सोही गोष्ठीमा अभियानका सल्लाहकार सागरविर कडारीले नेपाल भारत सहकार्य सम्बन्धी दस्तावेज प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ