News Category 2079/10/24
प्रसाही–थलही जोड्ने सडक तीन करोड २० लाखको लगानीमा बन्दै

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ स्थित प्रसाही–थलही जोड्ने सडकको सोमबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
संघिय सरकारको १ करोड ६० लाख र गाउँपालिकाको पनि १ करोड ६० गरी कुल ३ करोड २० लाखको लगानीमा निर्मांण हुन लागेको नालासहितको कालोपत्रे सडकको गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले शिलान्यास गरेका छन् ।
एक हजार ५ सय मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको उक्त सडक १८ महिना भित्रै तयार हुने लक्ष्य लिइएको इन्जिनीयर रामचन्द्र दासले जानकारी दिए ।
सडकको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष यादवले सडक निर्माण भए गाउँपालिकाका वासिन्दा मात्र नभई सदरमुकाम राजविराज र आसपासका जनता समेत लाभान्वित हुने विश्वास ब्यक्त गरे ।
“बजेट छरेर रकम सिध्याउनु भन्दा हरेक वर्ष एउटा अत्यावश्यक विषयमा पुग्ने गरी बजेट विनियोजन गर्ने सोच अनुसार यस वर्ष गाउँपालिकाले सडक निर्माणमा पनि ठुलो रकम छुट्याएको छ, उनले भने ।”
उक्त सडक निर्माण कार्यको ठेक्का काठमाडौंस्थित अन्शुमन अधिकारी जेभि कम्पनीले पाएको प्रमुख प्रशासकिय अधिकृत रमेश प्रसाद यादवले जानकारी दिए ।
वडा अध्यक्ष बलराम यादवको अध्यक्षतामा आयोजित शिलान्यास समारोहमा गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी यादव, कार्यक्रम अधिकृत सुभाष प्रसाद मण्डल, सिनियर अहेव अधिकृत सुनिल यादव, समाजसेवी ब्रहमदेव यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज कुमार माझी, पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्ताका साथै स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ