News Category 2079/10/24
विभिन्न मुद्दामा फरार ६ महिलासहित ३६ जना अभियुक्त पक्राउ

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरी प्रहरीले फरार अभियुक्तमाथी निगरानी र अनुसन्धान तिब्र बनाएसंगै विभिन्न अपराधका फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् ।
यसै क्रममा अदालतबाट जरिवाना र कैद सजाय तोकिएपछि फैसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका ६ महिलासहित विभिन्न अभियोगका ३६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सर्वाधिक कुटपिट मुद्दाका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहका अनुसार कुटपिट मुद्दामा अदालतबाट जरिवाना तोकिएपछी फरार रहेका सप्तरीको छिन्नमस्ता गाउँपालिकाकी महेश्वरी देवी पण्डित, शम्भु पण्डित, दिनेश पण्डित, महेश पण्डित, राजेन्द्र पण्डित, परमानन्द यादव, नवलकिशोर यादव, राजगढ गाउँपालिकाका मोहित खाँ, तिरहुत गाउँपालिकाका संजय कुमार बहरखेर, चन्दन यादव, रवी कुमार यादव, कृष्णा यादव, शम्भु यादव, संतोष यादव, निदेश यादव र रविन्द्र कुमार मगरदैता पक्राउ परेका छन् ।
यस्तै कुटपिट मुद्दामै विष्णुपुर गाउँपालिकाका गंगाप्रसाद मण्डल, शिवकुमार मण्डल, जसमुल खाँ, जयनारायण मण्डल, रितादेवी यादव, राजेश यादव छन् भने तिरहुत गाउँपालिकाका आनन्द देव यादव ज्यान मार्ने उद्योग, कुटपिट अंगभंग मुद्दामा रजिया खातुन, सबिरुन खातुन, जाकिर मियाँ, शम्भुनाथ नगरपालिकाका राजेन्द्र साह, सियावती साह तथा सुरुङ्गा नगरपालिकाका उमाकान्त चौधरी वन पौदार मुद्दामा पक्राउ परेका छन् ।
यस्तै लेनदेन विगो मुद्दा तर्फ डाक्नेश्वरी नगरपालिका ८ का भगवती प्रसाद साह, कंचनरुप नगरपालिकाकी सुनिता देवी साह तथा बन पोदार मुद्दाका कंचनरुप नगरपालिकाका दिल मोहन सरदार, खडक नगरपालिकाका बचाइ चौचरी तथा लागु औषध मुदाका बोदेवर्साईन नगरपालिकाका शोभित लाल राम पनि पक्राउ परेका छन् ।
विभिन्न ठाउँमा ल्ुकेर वसेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुबाट ७० हजार ३ सय ११ रुपैया जरिवाना तथा १८ महिना २५ दिन कैद असुल गरिने प्रहरीले जनाएको छ ।
उनीहरुलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार जरिवाना गरिएकाहरुबाट जरिवाना रकम असुलीको प्रक्रिया शूरु गरिएको तथा कैद सजाय तोकिएकाहरुलाई कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
अदालतबाट कैद सजाय तोकिएर फरार रहेकाहरु मध्ये यस अघि गत माघ ११ गते २२ जना र माघ १३ गते ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ