News Category 2079/10/25
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
राजविराज नगरपालिका कार्यालयको हुकुमी उर्दीप्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भिर ध्यानाकर्षण हुनुका साथै उक्त कार्यको घोर भत्र्सना गरेको छ ।
पत्रकारलाई विद्यालयको समाचार संकलन गर्ने क्रममा भिडियो नतान्ने, समाचार सम्प्रेषण गर्दा शिक्षा, यूवा तथा खेलकुद शाखासँग समन्वय गरी सुधारात्मक सुझावसहितको समाचार मात्र सम्प्रेषण गर्न भनिएको हुकुमी उर्दीप्रति गम्भिर ध्यानाकर्षण भएको हो । पत्रकार रामनाथ यादवको नाममा माघ २४ गते उपलब्ध गराएको पत्रमा उक्त कुरा उल्लेख गर्दै नगरपालिकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरेको छ ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा समाचार संकलन तथा प्रकाशन र प्रशारण गर्न पत्रकार स्वतन्त्र भएको विश्वब्यापी सिद्धान्त र नेपाली कानूनलाई लत्याउँदै राजविराज नगरपालिकाका शाखा अधिकृत भोगेन्द्र यादवबाट पत्रकारको नाममा जारी भएको पत्र आफैंमा अशोभनिय रहेको उल्लेख छ ।
जारि विज्ञप्तिमा, “पत्रकार रामनाथ यादवले माघ २३ गते राजविराज नगरपालिका अन्तर्गतका विद्यालयहरुको समाचार संकलन गर्न पुगेको बखत विद्यालय प्रशासनले नगरपालिकाबाट अनुमति लिएर मात्र आउन भनेपछि उनले नगरपालिका कार्यालयमा बुझ्न खोज्दा त्यहाँ पनि अनुमति लिनुपर्ने भनेको जिकिरले झन स्थानीय सरकारको कर्मचारी र जनप्रतिनिधिको रवैया छर्लंग भएको छ । त्यसैले राजविराज नगरपालिकाले स्वतन्त्र पत्रकारितालाई कुण्ठित बनाउने मनसायले गरेको यस किसिमको निर्णय सच्चयाउँदै पत्रकारलाई स्वतन्त्र तथा सहजरुपमा समाचार संकलनको वातावरण बनाउन हामी जोडदार माग गर्दछौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ