News Category 2079/10/25
संचालनमा नआउँदै शौचालय प्रयोगविहीन

नवीनकुमार गुप्ता
राजविराज, २४ माघ ।
राजविराज नगरपालिका कार्यालय अगाडी रहेको नवनिर्मित शौचालय संचालनमा नआउँदै प्रयोगविहीन भएको छ । उचित स्थान र दुर्गामी सोचको अभावमा निर्माण गरिएको उक्त शौचालय अहिले नै फोहर मैलाले भरिएको छ ।
गत आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तमा प्रदेश सरकारको करिब २५ लाखको आर्थिक सहयोगबाट निर्माण भएको दुई वटा शौचालय संचालनमा नआउँदै प्रयोगविहीन अवस्थामा पुगेको हो ।
एउटा नगरपालिका कार्यालयको मूल गेट अगाडी रहेको भगवती पोखरी जाने मुख्यद्वार र अर्को राजरंगशाला परिसर भित्र गरि दुई वटा शौचालय निर्माण भएको हो । निर्माण भएको सात महिना बितिसक्दा पनि शौचालय संचालन हुन सकेको छैन् । तर, संचालनमा नआउँदै शौचालय दुर्घन्धित र विभिन्न सामाग्रीले पुरिएको छ ।
शौच गर्ने ठाउँमा पानीको व्यवस्था समेत छैन् भने शौच गर्ने प्यानमा प्लास्टिकको बोतल, ढुंगा, इट लगायतका सामाग्रिले पुरिएको छ । यति मात्र नभएर प्यान माथि नै शौच गरिएको र शौचालय बाहिर दिसा, पिसाबगरि फोहर गरिएको छ । बनाइएको सेफ्टी ट्यााङ्कको पनि उचित व्यवस्थापन गरिएको छ ।
शौचालयको ढोका समेत टुट्ने अवस्थामा पुगेको छ भने शौचालय अहिले फोहर फ्याल्ने स्थान बनेको छ । यस्तो जर्जर अवस्थामा शौचालय पुग्दा समेत नगरपालिकाले व्यवस्थापनका लागि कुनै पहल गरेको देखिन्न् ।
भगवती पोखरीको मुख्य प्रवेश द्वारको छेउमै निर्माण गरिएको शौचालय प्राथमिक विद्यालयको झ्याललाई थुनेर निर्माण गरिएको हो । सोही शौचालय भन्दा ५० मिटर उत्तरतर्फ एउटा निजि विद्यालय पनि छ । उक्त विद्यालयका विद्यार्थीहरु विद्यालय जाँदा शौचालयबाट निस्किने दुर्गन्धले नाक, मुख थुनेर जाने गर्छन् भने सरकारी विद्यालयका विद्यार्थीहरु बाँकी रहेका झ्याल थुनेर पढ्न बाध्य छन् । हचुवाको तालमा निर्माण गरिएको उक्त शौचालय लथालिङ बनेको स्थानियहरु बताउछन् ।
यस्तै रंगशालामा परिसरमा निर्माण गरिएको शौचालयको अवस्था पनि यस्तै छ । यी दुबै शौचालय निर्माण त गरियो तर, उचित संरक्षण गर्न नसकिएकोले लगानी खेर जाने सम्भावना समेत बढेको छ ।
यता नगरपालिका श्रोतले दुबै स्थानमा निर्माण गरिएको शौचालय निर्माणाधिन अवस्थामै रहेको यसलाई चालु आ.ब.मा सम्पन्न गरिने जनाएको छ ।
सहरको मुख्य चौकमा एउटा पनि सार्वजनिक शौचालयको व्यवस्था नगरेका कारण मानिसहरु जथाभावी खाली र पायक पर्ने ठाउँमा शौच र पिसाब गर्ने गरेका छन् । जसले गर्दा सहर दुर्गन्धित बन्दै गएको छ ।
बि.स. २०७४ साल चैत १४ गते राजविराज नगरपालिका तथा सप्तरी जिल्लालाई नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिसकेको छ । यसरी खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको जिल्ला र नगरमा जताभावी फोहर र खुल्ला स्थानमा दिसा पिसाब गरिने देखिनुले सरकारी नीतिको अवहेल्ना र रकमको दुरुपयोग समेत भएको देखिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ