News Category 2079/10/25
गोबरगाढामा भारतीयद्वारा गोली प्रहार, एक नेपाली घाइते
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १३ स्थित गोबरगाढामा बुधबार साँझ गोली प्रहार भएको छ ।
भैसी चोरेको आरोपमा पक्राउ परेका आफ्ना एक जनालाई छुटाउन आएका केही भारतीयहरुले गोली चलाउँदा एक नेपाली नागरिक घाइते भएका हुन् । गोली प्रहारबाट स्थानिय महेन्द्र पासवान घाइते भएका छन् । उनको घुडामा छर्रा लागेको छ ।
सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय बासिन्दाहरुले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए ।
वडा अध्यक्ष कुशेश्वर यादवका अनुसार ती भारतीय नागरिकलाई छुटाउन २५–३० जनाको समूहमा आएका भारतीय नागरिकहरुले बस्तीमा फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेका छन् ।
बन्दुक र घरेलु हातहतियारसहित आएका उनीहरुले भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेका व्यक्तिलाई समेत जबरजस्ती लगेको वडाध्यक्ष यादवले जानकारी दिए ।
यता सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलका अनुसार गोबरगाढामा भारतीयहरु आएर गोली प्रहार गरेको सूचना आएपछि त्यसतर्फ नेपाल तथा सशस्त्र प्रहरी परिचालित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ