News Category 2079/10/26
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा अभियान चलाइदै ः शिक्षा मन्त्री यादव

दैनिक समाचारदाता
राजविराज, २६ माघ ।
मधेस प्रदेश सरकारका शिक्षा विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले मधेस प्रदेश अशिक्षित प्रदेशको रुपमा परिचित रहेकोले यसलाई पुर्ण साक्षर प्रदेश बनाउन अभियान चलाउन लागेको जानकारी दिएका छन् ।
राजविराज नगरपालिका ६ स्थित श्री आधारभुत विधालय थानगाछीको विहीवार स्वर्ण जयन्ती तथा शिक्षक विदाई समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।
सरकारको बजेटको ठुलो खर्च भईरहेको सामुदायिक विधालयको शैक्षिक गुणस्तर अस्तव्यस्त रहेकाले आवश्यक नीति बनाएर व्यवस्थित गर्ने कार्य अधि बढाएको उल्लेख गर्दै उनले शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक प्रविधिको विकास गर्न लागिएकोे उनले बताए ।
आफ्ना विधार्थीहरुलाई नियमित विधालय पठाउन अभिभावकहरुलाई आग्रह गर्दै मन्त्री यादवले अब अभियान अन्र्तगत आप्mनो विधार्थी पढिरहेको छ वा छैनन, गुणस्तरीय शिक्षा पाइरहेको छ वा छैन त्यसबारे पनि अवलोकन गर्न समेत सुझाव दिए ।
विधालयहरुको भौतिक संरचनासँगै सामुदायिक विधालयप्रति आकर्षण बढाउन सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रदेश सरकार तयार रहेको उनको भनाई छ । थानगाछी विधालयसम्म पुग्ने बाटो बनाउन तत्काल आफ्नो संसदीय कोषबाट बजेट उपलब्ध गराउने, विधालयमा फर्निचर र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत उनले ब्यक्त गरे ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताईन । शिक्षामा राजनीति गर्न नहुने तर्क गर्दै उनले शिक्षा क्षेत्रको समस्यालाई हल गर्न नगरपालिकाले श्रोत साधानले भ्याए सम्म सहयोग गर्ने बताईन ।
कार्यक्रममा विधालयका प्राधानाध्यपक भोला प्रसाद साहले विधालयमा भौतिक पुर्वाधारको आभावका बाबजुद शिक्षण शिकाई गर्दै जिर्ण रहेको विधालय भवनको पुर्ननिर्माणका तथा फर्निचरको व्यवस्थापन लागि सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गरे ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व प्रदेश सभासदस्य नेत्र विक्रम साह, वडाअध्यक्ष शशि चौधरी, शिक्षक अभिभावक संघका राधेश्याम साह, पुर्व शिक्षक सुरेन्द्र चौधरी, स्थानीय सत्रुधन साह, शिक्षक फुलचन्द्र साह, एन प्याब्सन सप्तरीका अध्यक्ष नरेश प्रताप साह, अभिभावक रामकुमार साह, राजविराज नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन कुमार यादव लगायतले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक लगायत सबै सरकोकारवाला मिलेर काम गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा अनिवार्य अबकाश प्राप्त गरेका शिक्षिका जया कुमारी दासलाई दोसल्ला ओढाएर प्रमुख अतिथी मन्त्री यादवले सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ