News Category 2079/10/27
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
प्रहरीमाथि गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई अदालतले १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
पाँच वर्ष अघि प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेको आरोपमा सप्तरीको खडक नगरपालिका निवासी अशोक साह र पूर्वसैनिक पशुपति चौधरीलाई सप्तरी जिल्ला अदालतले १२÷१२ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधिश हेमन्त रावलको इजलासले बिहिवार आरोपितहरुलाई ज्यान मार्ने उद्योग कसुरमा ८ वर्ष र संगठित अपराध अन्तरगतको कसुरमा ४ वर्ष गरी १२ वर्ष कैद सजायको फैसला गरेको अदालतको सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए ।
खडक नगरपालिका ८ विसनपुर चौकमा २०७५ माघ २ गते राती गस्तीमा रहेका बेला प्रहरी हवल्दार सतरा माथि गोली प्रहार भएको थियो ।
काठमाडौंस्थित महराजगन्ज शिक्षण अस्पतालमा घाइते प्रहरी हवल्दार सतराको शरीरबाट गोली निकाली उपचार गरिएको थियो । उनको कम्मरमुनिको भाग चल्न नसक्दा अहिले घरमै कष्टकर जीवन बिताइरहेका छन् ।
पीडितका दाजु इन्द्रदेवले उजुरी दिएपछि २०७५ साल माघ २ गते चौधरी पक्राउ परेका थिए । यस्तै २०७८ साल असार २९ गते साह स्वयम् अदालतमा उपस्थित भएका थिए । दुबै जना पुर्पक्षका लागि कारागारमा रहेका बेला अदालतको अन्तिम फैसला आएको हो ।
घटनाका अर्का आरोपित भनिएका सुरुङ्गा नगरपालिका ६ कडरबोनाका ३० वर्षिय दिपेश भन्ने दिपेन्द्र चौधरी २०७५ माघ ९ गते प्रहरीसँगको मुठभेडमा मारिएका थिए ।
आरोपित सबै तराईमा सशस्त्र आन्दोलरत प्रगतिशील तराई मुक्ति मोर्चाको कार्यकर्ता रहेको प्रहरी अनुसन्धानको क्रममा खुलेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ