News Category 2079/10/27
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद

दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
प्रहरीमाथि गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई अदालतले १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
पाँच वर्ष अघि प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेको आरोपमा सप्तरीको खडक नगरपालिका निवासी अशोक साह र पूर्वसैनिक पशुपति चौधरीलाई सप्तरी जिल्ला अदालतले १२÷१२ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधिश हेमन्त रावलको इजलासले बिहिवार आरोपितहरुलाई ज्यान मार्ने उद्योग कसुरमा ८ वर्ष र संगठित अपराध अन्तरगतको कसुरमा ४ वर्ष गरी १२ वर्ष कैद सजायको फैसला गरेको अदालतको सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए ।
खडक नगरपालिका ८ विसनपुर चौकमा २०७५ माघ २ गते राती गस्तीमा रहेका बेला प्रहरी हवल्दार सतरा माथि गोली प्रहार भएको थियो ।
काठमाडौंस्थित महराजगन्ज शिक्षण अस्पतालमा घाइते प्रहरी हवल्दार सतराको शरीरबाट गोली निकाली उपचार गरिएको थियो । उनको कम्मरमुनिको भाग चल्न नसक्दा अहिले घरमै कष्टकर जीवन बिताइरहेका छन् ।
पीडितका दाजु इन्द्रदेवले उजुरी दिएपछि २०७५ साल माघ २ गते चौधरी पक्राउ परेका थिए । यस्तै २०७८ साल असार २९ गते साह स्वयम् अदालतमा उपस्थित भएका थिए । दुबै जना पुर्पक्षका लागि कारागारमा रहेका बेला अदालतको अन्तिम फैसला आएको हो ।
घटनाका अर्का आरोपित भनिएका सुरुङ्गा नगरपालिका ६ कडरबोनाका ३० वर्षिय दिपेश भन्ने दिपेन्द्र चौधरी २०७५ माघ ९ गते प्रहरीसँगको मुठभेडमा मारिएका थिए ।
आरोपित सबै तराईमा सशस्त्र आन्दोलरत प्रगतिशील तराई मुक्ति मोर्चाको कार्यकर्ता रहेको प्रहरी अनुसन्धानको क्रममा खुलेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ