News Category 2079/11/01

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

दैनिक समाचारदाता

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १ फागुन ।

    सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ७ मोहनपुरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 
    पश्चिमबाट पुर्वतर्फ जादै गरेको स.९प ८१९१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा सोही नगरपालिका ११ निवासी २८ वर्षिय कपिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार दुर्घटना पश्चात् मोटरसाइकल सडको बायाँपट्टी खस्दा गम्भिर घाईते भएकाले मोटरसाइकल चालक चौधरीलाई तत्काल उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याउदा गर्दा बाटोमै मृत्यु भएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट