News Category 2079/11/03
एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ, परिक्षा सम्बन्धी मुद्दामा ३० हजार जरिवाना तोकिएका इसर पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
सप्तरी प्रहरीले एक महिनाको अवधीमा अदालतबाट जरिवाना र कैद सजाय तोकिएपछी पैmसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका ६७ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
बुधबार प्रहरीले परिक्षा सम्बन्धी मुद्दा शिर्षकमा जिल्लाको रुपनी गाउँपालिकाका अनिल कुमार ईसरलाई पक्राउ गरेको छ । ईसरमाथी ३० हजार जरिवानाको अदालतले तोकेको थियो ।
यस्तै प्रहरीले दुई दिनमा तीन महिला सहित विभिन्न अभियोगका १६ जनालाई प्रहरीले पक्राउ समेत गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा सर्वाधिक कुटपीट र गाली बेइज्जत मुद्दाका अभियुक्त छन । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार लागु औषध मुद्दामा सप्तरी जिल्ला अदालतबाट कैद सजाय तोकिएका पनि २ जना पक्राउ परेका छन् ।
उनका अनुसार लागु औषध मुद्दामा अदालतबाट १ वर्ष ४ महिना कैद सजाय तोकिएका सप्तरीको खडक नगरपालिका ३ का ज्योतिष कुमार चौधरी तथा ३ महिना ६ दिन कैद सजाय तोकिएका राजगढ गाउँपालिका १ का जितेन्द्र कुमार यादव गाउँघर मै लुकेको अवस्थामा पक्राउ परेका छन् ।
यस्तै गाली बेइज्जत मुद्दाका फरार प्रतिवादी कंचनरुप नगरपालिकाका मो.कासिम मियाँ, डाक्नेश्वरी नगरपालिका जागेश्वर साह, राजगढ गाउँपालिकाका महेन्द्र मुखिया र कुश्मी देवी मुखिया पक्राउ परेका छन् ।
कुटपिट मुद्दाका सडक नगरपालिकाका रामनाथ मण्डल, रामकुमार मण्डल, रामु मण्डल र इन्द्रजित मण्डल, शम्भुनाथ नगरपालिकाका महाविर साहु र डाक्नेश्वरी नगरपालिकाका अशोक साहु, लक्ष्मी प्रसाद साहु, जगतारणी देवी साह र रुकमणी देवी झा पनि पक्राउ परेका छन ।
विभिन्न ठाउँमा लुकेर वसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट करिब ३५ हजार जरिवाना तथा १ वर्ष ७ महिना ६ दिन कैद असुल गरिने प्रहरीले जनाएको छ ।
मंगलवार पक्राउ परेका उनीहरुलाई बुधवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार जरिवाना गरिएकाहरुबाट जरिवाना रमक असुली प्रकृया सुरु गरिएको तथा कैदा सजाय तोकिएकाहरुलाई कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ