News Category 2079/11/03
एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ, परिक्षा सम्बन्धी मुद्दामा ३० हजार जरिवाना तोकिएका इसर पक्राउ

दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
सप्तरी प्रहरीले एक महिनाको अवधीमा अदालतबाट जरिवाना र कैद सजाय तोकिएपछी पैmसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका ६७ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
बुधबार प्रहरीले परिक्षा सम्बन्धी मुद्दा शिर्षकमा जिल्लाको रुपनी गाउँपालिकाका अनिल कुमार ईसरलाई पक्राउ गरेको छ । ईसरमाथी ३० हजार जरिवानाको अदालतले तोकेको थियो ।
यस्तै प्रहरीले दुई दिनमा तीन महिला सहित विभिन्न अभियोगका १६ जनालाई प्रहरीले पक्राउ समेत गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा सर्वाधिक कुटपीट र गाली बेइज्जत मुद्दाका अभियुक्त छन । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार लागु औषध मुद्दामा सप्तरी जिल्ला अदालतबाट कैद सजाय तोकिएका पनि २ जना पक्राउ परेका छन् ।
उनका अनुसार लागु औषध मुद्दामा अदालतबाट १ वर्ष ४ महिना कैद सजाय तोकिएका सप्तरीको खडक नगरपालिका ३ का ज्योतिष कुमार चौधरी तथा ३ महिना ६ दिन कैद सजाय तोकिएका राजगढ गाउँपालिका १ का जितेन्द्र कुमार यादव गाउँघर मै लुकेको अवस्थामा पक्राउ परेका छन् ।
यस्तै गाली बेइज्जत मुद्दाका फरार प्रतिवादी कंचनरुप नगरपालिकाका मो.कासिम मियाँ, डाक्नेश्वरी नगरपालिका जागेश्वर साह, राजगढ गाउँपालिकाका महेन्द्र मुखिया र कुश्मी देवी मुखिया पक्राउ परेका छन् ।
कुटपिट मुद्दाका सडक नगरपालिकाका रामनाथ मण्डल, रामकुमार मण्डल, रामु मण्डल र इन्द्रजित मण्डल, शम्भुनाथ नगरपालिकाका महाविर साहु र डाक्नेश्वरी नगरपालिकाका अशोक साहु, लक्ष्मी प्रसाद साहु, जगतारणी देवी साह र रुकमणी देवी झा पनि पक्राउ परेका छन ।
विभिन्न ठाउँमा लुकेर वसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट करिब ३५ हजार जरिवाना तथा १ वर्ष ७ महिना ६ दिन कैद असुल गरिने प्रहरीले जनाएको छ ।
मंगलवार पक्राउ परेका उनीहरुलाई बुधवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार जरिवाना गरिएकाहरुबाट जरिवाना रमक असुली प्रकृया सुरु गरिएको तथा कैदा सजाय तोकिएकाहरुलाई कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ