News Category 2079/11/04
नेवि संघ र तरुण दलको समिति विधान सम्वत गठन ः प्रवक्ता यादव
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
नेपाली काँग्रेस सप्तरीले भातृ संगठन नेवि संघ र नेपाल तरुण दल सप्तरीको नवगठित समिति पार्टीको विधान सम्वत गठन गरिएको दाबी गरेको छ ।
पार्टीका सप्तरी प्रवक्ता नन्दकिशोर यादवद्वारा बिहीबार जारि विज्ञप्तिमा पार्टीको भातृ संगठनहरु नेवि संघ र तरुण दलको बिस्तार दुबै संगठनका अध्यक्षहरुद्वारा विधान सम्वत गठन गरिएको उल्लेख छ ।
विज्ञप्तिमा जिल्ला सभापतिले बहुमतिय प्रणालीबाट जिल्ला कार्य समितिमा विभिन्न निर्णयहरु गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पार्टीलाई बदनाम गर्न पत्राचार गर्ने सचिव लगायत विभिन्न क्षेत्रिय सभापतिहरुलाई विधान नीति तथा सिद्धान्त विपरितका कार्य नगर्न तथा नगराउन सचेत समेत गराइएको छ ।
यसअघि बुधबार नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव प्रभुनारायण चौधरीसहित जिल्लाका चार मध्ये तीन क्षेत्रिय सभापतिसमेतले नवगठित नेवि संघ र तरुण दलको जिल्ला समिति विघटनको माग गर्दै पार्टीको केन्द्रिय समितिमा पत्रचार गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ