News Category 2079/11/09
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको तीन वटा वडामा ग्रामीण महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाको वडा नं. ३ सकरपुरा, वडा नं. ४ कोइलाडीको चट्टीटोल, कुशहाको मुसहरि टोल र मुखिया टोल तथा वडा नं. ५ को. बर्साइनको बर्साइन, कुशहा, साह पंडित टोल र राय टोलमा उक्त कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले जानकारी दिए ।
तीन वटै वडाका छनौटमा परेका टोलका दलित तथा अतिविपन्न परिवारहरु चयन गरी महिलाहरुका लागि आर्थिक सशक्तिकरणको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष मण्डलले बताए ।
संयुक्त राष्ट्र संघीय निकायहरु विश्व खाद्य कार्यक्रम, युएनओमन, खाद्य तथा कृषि संगठन र आईएफएडिको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाको तीन वटा वडाका दलित तथा अतिविपन्न परिवारलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल तथा वडा अध्यक्षहरु र संयुक्त राष्ट्र संघीय निकायहरु विश्वखाद्य कार्यक्रम, युएनओमन, खाद्यतथा कृषि संगठन र आईएफएडिका प्रतिनिधीहरुको मंगलबार सम्पन्न बैठकबाट कार्यक्रम सञ्चालन गरिने वडाहरु चयन गरिएको कार्यक्रम अधिकृत झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ