News Category 2079/11/09
सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा मंगलबार भएको सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते भएका छन् ।
जिल्लाको महदेवा गाउँपालिका १ बल्थि मुसहरी टोलस्थित ग्रामिन सडकमा मोटरसाइकलको ठक्करबाट स्थानिय अजय सदाकी ३ वर्षिया छोरी राग्नि सदा घाइते भएकी छिन् ।
बाटो काट्ने क्रममा उत्तर दिशाबाट दक्षिण पकरीतर्फ आउदै गरेको स८प ८२८६ नं.को मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी सदालाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाकै रुपनी गाउँपालिका १ रुपनी राजविराज सडक खण्डमा विंगरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी हवलदार घाइते भएका छन् ।
राजविराजबाट रुपनी तर्फ आउदै गरेको स१ज६०४ न.को विंङ्गरले विपरित दिशाबाट आउँदै गरेको स.६प.५७२१ न. को मोटरसाइकललाई ठक्कर दिदाँ राजविराज १६ बोरिया निवासी देवनारायण यादव घाइते भएका छन् । यादव ईलाका प्रहरी कार्यालय कवि दरबार बारामा प्रहरी हवल्दार पदमा कार्यरत छन् ।
घाईते यादवलाई उपचारका लागी युनिक अस्पाताल रुपनीपछि थप उपचारका लागी बिराटनगरस्थित अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि जिल्लाकै कंचनरुप नगरपालिका ११ गोरपारस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ३ वर्षिया बालिकालाई ठक्कर दिएको छ । बाटोमा खेलिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा स्थानिय सलेन्द्र सरदारकी ३ वर्षिया छोरी अनुराधा कुमारी सरदार घाइते भएकी हुन् । घाइते भएकी बालिकालाई थप उपचारका लागी बिराटनगर लगिएको प्रहरीले जनाएको छ ।
यसैगरि राजविराज वडा नं. १० खाडो पुलस्थित लोहजराबाट राजविराज तर्फ जादै गरेको स.१ ह.३७९० न.को अटो आफै अनिन्त्रित भई दुर्घटना भएको छ ।
सो दुर्घटनामा अटोमा सवार तीन व्यक्ति घाइते भएको तथा उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले चार वटै दुर्घटनामा प्रयोग भएको सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई घट्नाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ