News Category 2079/11/09
मैसापद्वारा मन्त्रि तथा प्रदेशसभा सदस्यसहित सम्मानित
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
मैथिली साहित्य परिषद् तथा मैथिल महिला परिषद् सप्तरीले मैथिली भाषा, कला, साहित्य, अनुसन्धान र संस्कृतीको संरक्षण सम्वद्र्धनमा योगदान दिने सात जनालाई सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसर पारेर मंगलबार संयुक्त रुपमा आयोजित बहुभाषिक शिक्षा, शिक्षामा परिवर्तनको आवश्यकता तथा मातृ भाषामा अनिवार्य शिक्षा विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्रि महेश प्रसाद यादव, प्रदेशसभा सदस्य मनिष सुमन, किरणकुमारी साह, माला कर्ण, गोबिन्द न्यौपाने र सतिशकुमार सिंह सम्मानित भएका हुन् ।
यस्तै मैथिली भाषाका समकालिन अवस्था नामक पुस्तकका रचियता एवं नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका नवनियुक्त सदस्य सूर्यप्रसाद यादव पनि सम्मानित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्रि यादवले कदरपत्र, दोसल्ला र मिथिला पाग लगाएर सम्मानित गरे ।
प्रमुख अतिथि मन्त्रि यादवलाई भने आयोजक मैथिली साहित्य परिषद्का अध्यक्ष सतिश कुमार दत्तले सम्मानित गरेका थिए ।
सम्मानित हुनेहरुमा प्रदेशसभा सदस्य किरण कुमारी साह, माला कर्ण, सतिश कुमार सिंह र मनिष सुमनले प्रदेशसभामा सपथ लिँदा मैथिली भाषाको प्रयोग गरेका थिए । यस्तै मन्त्रि यादव, प्राज्ञ सुर्यप्रसाद यादव र गोबिन्द न्यौपानेले मैथिली भाषा, साहित्य र कला जगेर्नाका लागि योगदान दिँदै आएकाले सम्मान गरिएको परिषद्का अध्यक्ष दत्तले बताए ।
कार्यक्रमका सहभागि अधिकांश वक्ताले मैथिली भाषा, कला, साहित्य र संस्कृतीको जगेर्नाका लागि आ–आफ्नो क्षेत्रबाट हरसम्भव पहल र सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सम्मानित व्यक्तित्वहरुका साथै मैथिलीकर्मी देबेन्द्र मिश्र, मिना ठाकुर, श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवलगायतले पनि बोल्दै मातृ भाषा विशिष्ट गहना भएकाले यसको संरक्षण र सम्वद्र्धनका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ