News Category 2079/11/11
एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन

दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
एकिकृत सरकारी कर्मचारी संगठन नेपालको जिल्ला कार्यसमिति सप्तरीको प्रथम अधिवेशनले बुधबार बैजनाथ मण्डलको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ ।
सुजन दाहालको संयोजकत्वमा रहेको प्रारम्भिक समिति विगठन गरी उक्त समिति गठन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले कर्मचारी मैत्री ऐन निर्माणका लागि प्रदेशशभामा भुमिका खेल्ने प्रतिवद्धता राख्दै कर्मचारीहरुले जनताको काम छिटो छरितो रुपमा पारदर्शि ढंगले गर्न र अन्य कर्मचारी संगठनका कर्मचारी भन्दा फरक र नमुना ढंगले कार्य सम्पादन गर्न निर्देशन दिए ।
सो अधिवेशनबाट अव बन्ने संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन कर्मचारी मैत्रि हुनु पर्ने, कर्मचारीको बृद्घि विकास संगै ऐन जारी भए पश्चात पुन समायोजन रोज्न पाउनु पर्ने, अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरुको सेवा सुनिश्चितता सहित आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी हुन बाठो खोेल्नु पर्ने लगायतका विभिन्न विषयमा छलफल गरी सुझाव राखेको छ ।
एकिकृत सरकारी कर्मचारी संगठन नेपालका महासचिव शरण कुमार गरुङ्गले भेलाबाट आएका सुझावहरु संगठनले उठान गर्ने जुन सुकै अवस्था आए पनि कर्मचारीको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरे ।
आयोजित अधिवेशनमा एकिकृत सरकारी कर्मचारी संगठन नेपालका महासचिव शरण कुमार गरुङ्ग, ने.क.पा. एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता, एकिकृत सरकारी कर्मचारी संगठन नेपालका मधेश प्रदेश इन्चार्ज जय कान्त झा, पेशागत महासंघ जिल्ला अधिवेशन आयोजक समितिका संयोजक रवि राय, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष कोशलेन्द्र यादव, एकिकृत स्वास्थ्यकर्मी संगठन जिल्ला अध्यक्ष महेश कुमार यादव, एकिकृत सरकारी कर्मचारी संगठन सिराहा जिल्ला अध्यक्ष इन्द्र पाल समेतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ