News Category 2079/11/11
एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
एकिकृत सरकारी कर्मचारी संगठन नेपालको जिल्ला कार्यसमिति सप्तरीको प्रथम अधिवेशनले बुधबार बैजनाथ मण्डलको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ ।
सुजन दाहालको संयोजकत्वमा रहेको प्रारम्भिक समिति विगठन गरी उक्त समिति गठन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले कर्मचारी मैत्री ऐन निर्माणका लागि प्रदेशशभामा भुमिका खेल्ने प्रतिवद्धता राख्दै कर्मचारीहरुले जनताको काम छिटो छरितो रुपमा पारदर्शि ढंगले गर्न र अन्य कर्मचारी संगठनका कर्मचारी भन्दा फरक र नमुना ढंगले कार्य सम्पादन गर्न निर्देशन दिए ।
सो अधिवेशनबाट अव बन्ने संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन कर्मचारी मैत्रि हुनु पर्ने, कर्मचारीको बृद्घि विकास संगै ऐन जारी भए पश्चात पुन समायोजन रोज्न पाउनु पर्ने, अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरुको सेवा सुनिश्चितता सहित आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी हुन बाठो खोेल्नु पर्ने लगायतका विभिन्न विषयमा छलफल गरी सुझाव राखेको छ ।
एकिकृत सरकारी कर्मचारी संगठन नेपालका महासचिव शरण कुमार गरुङ्गले भेलाबाट आएका सुझावहरु संगठनले उठान गर्ने जुन सुकै अवस्था आए पनि कर्मचारीको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरे ।
आयोजित अधिवेशनमा एकिकृत सरकारी कर्मचारी संगठन नेपालका महासचिव शरण कुमार गरुङ्ग, ने.क.पा. एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता, एकिकृत सरकारी कर्मचारी संगठन नेपालका मधेश प्रदेश इन्चार्ज जय कान्त झा, पेशागत महासंघ जिल्ला अधिवेशन आयोजक समितिका संयोजक रवि राय, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष कोशलेन्द्र यादव, एकिकृत स्वास्थ्यकर्मी संगठन जिल्ला अध्यक्ष महेश कुमार यादव, एकिकृत सरकारी कर्मचारी संगठन सिराहा जिल्ला अध्यक्ष इन्द्र पाल समेतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ