News Category 2079/11/11
छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते

दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
जिल्लाको कंचनरुप नगरपालिकामा म्याजिकले ठक्कर दिँदा एक पैदल यात्री घाइते भएका छन् ।
सो नगरपालिका ४ धनकट्टा टोल कोशिबाँधको मोडमा उतरबाट दक्षिणतर्फ जादै गरेको को१ज १६३१ नं.को म्याजिकले सोही दिशातर्फ जादै गरेका पैदल यात्री स्थानिय ५० वर्षिय राजाराम मुखिया घाइते भएका हुन् ।
घाइते मुखियाको दुवै खुट्टामा चोट लागेकोले स्थानिय धर्मेश्वर अस्पताल ठेलियामा उपचारका लागि भर्ना गरिएको जनाउँदै म्यजिक र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि जिल्लाको सुरूङगा नगरपालिका ८ शमशेरपुरस्थित कुशाह धाती सडक खण्डमा कुशाहाबाट धाती तर्फ जादै गरेको प्र.२–०१–००१प.७२९४ न.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक बलानबिहुल १ बस्ने २४ वर्षिय बिजय चौधरी र पछाडी सवार २१ वर्षका एलेन्स चौधरी घाइते भएका छन् ।
घाईतेहरुलाई तत्काल उपचारको लागी स्थानिय क्लिनिकमा भर्ना गरिएको तथा घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य जारिरहेको प्रहरीले जनाएको छ ।
यस्तै बोदेबर्साइन ७ हैठीस्थित बोदेबर्साईन स्वर्णपट्टी सडक खण्डमा २७ वर्षिय स्थानिय रबिन कुमार यादव गाँउको पसलबाट घरायसी सर–सामान खरीद गरि घर फर्किने क्रममा बा.२८ प. ६९०९ नं.को मोटरसाइकलले ठक्कर दिएको छ ।
ठक्करबाट घाइते भएका रबिनको स्थानिय जिवन ज्योती अस्पताल बोदेबर्साईनमा उपचार भई रहेको छ भने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरि जिल्लाकै खडक नगरपालिका ४ अमाहस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा५९प ६५८१ न.को मोटरसाइकललाई बिपरित दिशाबाट आँउदै गरेको बा३च ८९६० न.को स्करपियोले ठक्कर दिएको छ ।
ठक्करबाट माटरसाइकल चालक खडक ८ बिसनपुर निवासी २१ वर्षिय दिनेश मण्डल घाईते भएका छन् । उनलाई उपचारका लागि लहान पठाईएको तथा दुर्घट्ना भएको मोटरसाईकल र स्कारपियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरि रुपनी १ रायपुरस्थित रुपनी राजबिराज सडक खण्डमा रुपनीबाट राजबिराजतर्फ जादै गरेको स४प ३२६४ नं. को मोटरसाइकलले एक साइकल यात्रीलाई ठक्कर दिएको छ ।
सो ठक्करबाट साईकल यात्रि स्थानिय ५५ वर्षिय हरीया कुमार हर्जन राम घाइते भएका छन् । घाइते भएका रामलाई तत्काल उपचारका लागी युनिक अस्पतालमा भर्ना गरिएको छ भने माटरसाइकल तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई घट्ना सम्बन्धमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
- 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन
- 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ