News Category 2079/11/11
झगडा छुटाउन गएका छिमेकी कुटिए, अर्को घटनामा एक घाइते
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
काका भतिजाबीच भइरहेको झगडा छुटाउन गएका एक छिमेकी काकाबाट कुटिएका छन् ।
सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ मोहनपुर निवासी ४२ वर्षिय दिल बहादुर राणा मगर (काका) र निजका भतिजा ३५ वर्षिय सुभाष मगरबीच बुधबार भइरहेको झगडालाई छुटाउन गएका छिमेकी ३६ वर्षिय रोहित कुमार खडका कुटिएका हुन् ।
मादक पदार्थ सेवन गरि झगडा गरिरहेका काका भतिजालाई छुटाउन गएका छिमेकी खडकालाई काका दिल बहादुर राणा मगरले कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका खडकालाई तत्काल उपचारका लागी अस्पताल भनाई गरिएको छ ।
यता कुटपिट गर्नेहरुको खोजतलास तथा घट्ना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको राजगढ गाउँपालिका घर भई हाल राजविराज ४ मा डेरा गरि बस्ने ३३ वर्षिय चन्द्रबिर यादबलाई चार जनाले कुटपिट गरि घाइते बनाएका छन् ।
प्रहरीका अनुसार चन्द्रबिरलाई विष्णुपुर गाउँपालिका १ बस्ने कृष्ण देब यादब, धिरेन्द्र यादब, पशुपति यादब र राम यादबले कुटपिट गरी घाईते बनाएको हो ।
कुटपिटबाट घाइते भएका चन्द्रबीरलाई उपचारका लागी छिन्नमस्ता अस्पताल राजबिराजमा भर्ना गरिएको तथा कुटपिट पश्चात् फरार रहेका चारै जनाको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ