News Category 2079/11/11
आगलागिमा चार घर नष्ट, १७ लाख भन्दा बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सप्तरीको बोदेबरसाइन नगरपालिका १० खडकपुमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलगि हुँदा चार घर जलेर नष्ट हुनुका साथै १७ लाख भन्दा बढीको क्षति भएको छ ।
प्रहरीका अनुसार दिउँसो १ बजेतिर विद्युत सर्ट भई आगलगि हुँदा सो वडास्थित पलनु यादव, गोहालु यादव, उमेश यादव र बिरेन्द्र यादवको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगलागिमा १७ लाख ७५ हजार मुल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
स्थानियवासी, प्रहरी तथा शम्भुनाथ नगरपालिका र राजविराज नगरपालिकाको बारुणयन्त्रको मद्दतले दिउँसो ३ बजेतिर आगो नियन्त्रणमा आएको डिएसपी सिंहले बताए ।
हावा चलेको बेला आगो सल्केकाले छोटो समयमै चार घर खरानी बनाएको पीडितहरुले बताएका छन् । आगलागिमा परेका सबै फुस र एल्बेस्टरको छाना भएका घरहरु हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ