News Category 2079/11/13
दुई योग अगुवाको सम्झाना
राजविराज÷एकै थलोमा दुई योग साधक तथा अगुवाको तस्बिरमा माल्यार्पण गरी शनिबार राजविराजस्थित जेसीज भवनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
राजविराज ६ निवासी स्व. अमित साह तथा सिरहाको लहान निवासी स्व. पल्टीदेखी चौधरीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
पतञ्जली योग समिति सप्तरीद्वारा आयोजित उक्त श्रद्धाञ्जली सभामा समितिका पदाधिकारी, योगसाधकका साथै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
राजविराज ६ निवासी ४० वर्षिय अमित र लाहान निवासी ७८ वर्षिया पल्टीदेवीको ५ दिन अघि निधन भएको थियो । अमित पतञ्जली योग समिति मधेश प्रदेशका सचिव (मन्त्री) र पल्टीदेवी योग साधक थिए ।
समितिका अध्यक्ष रामस्वरुप चौधरीको अध्यक्षतमा आयोजित श्रद्धाञ्जली सभामा योग प्रशिक्षक बद्रिराज भण्डारी, किसुनदेव यादव, नागेश्वर साह, शशि चौधरी, किशोर साह, जवाहर प्रसाद साह, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी लगायतले श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको योगदान बारे चर्चा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ