News Category 2079/11/14

मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते

दैनिक समाचारदाता

मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते

दैनिक समाचारदाता
राजविराज, १४ फागुन । 

    सप्तरीको खडक नगरपालिकामा मोटरसाइकलले पछाडीबाट स्कारपियोलाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । 
    सो नगरपालिका ४ अमहास्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.१५च.२६६२ न.को स्कारपियोलाई सोही दिशाबाट आउदै रहेको स.७प ६५९० नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । 
    ठक्करबाट मोटरसाइकल चालक खडक नगरपालिका ५ निवासी १६ वर्षिय शिव कुमार मण्डल र पछाडी सवार सोही स्थान बस्ने १५ वर्षिय चन्दन मण्डल घाइते भएका छन् । घाइते पश्चात् दुबै जनालाई उपचारको लागी अस्पताल लगिएको तथा स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट