News Category 2079/11/14
मदरसामा कार्यरत शिक्षकहरुलाई मनपरी ढंगले सरुवा गरेको भन्दै ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
मदरसा समन्वय समिति सप्तरीले मुस्लिम समुदायका बालबालिका अध्ययन गर्ने मदरसामा कार्यरत शिक्षकहरुलाई मनपरी ढंगले सरुवा गरेको भन्दै आइतबार ज्ञापन पत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई सो ज्ञापन पत्र बुझाई उक्त प्रकरणको छानबिन तथा त्रृटीपूर्ण निर्णय सच्याउन माँग समेत गरेको छ ।
समितिका उपाध्यक्ष मो. सबिर हुसैन खाँद्वारा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा तथा जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख राजदेव यादवलाई बुझाइएको ज्ञापनपत्रमा जिल्लामा संचालनमा रहेका धार्मिक प्रकृतीका मदरसाहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई दुःख दिने नियतले विभिन्न पालिकामा ऐन कानुनलाई मिचेर सरुवा गर्ने काम भइरहेकोतर्फ गम्भिर ध्यानाकर्षण गराइएको छ ।
यसैक्रममा पछिल्लो पटक विष्णुपुर गाउँपालिकास्थित मदरसा फैजुल इस्लामियाँ थल्हीमा प्रधानाध्यापक पदमा कार्यरत मो. शाहजहाँलाई धार्मिक परम्परागत विद्यालय संचालन निर्देशिका २०७९ तथा शिक्षा ऐन नियमावली विपरित गाउँपालिका कार्यालयले सरुवा गरेको र सोको छानबिन हुनुपर्ने विज्ञप्तिमार्फत माग गरिएको छ ।
सरुवा गरिएका प्रधानाध्यापक मो. शाहजहाँको ठाउँमा अर्का विद्यालयका प्रधानाध्यापक रामचन्द्र यादवलाई नयाँ जिम्मेवारीमा ल्याइएको उल्लेख गर्दै ज्ञापनपत्रमा यस्ता गतिविधीले मदरसा शिक्षाको शैक्षिक अवस्थामा हस आउनुका साथै वर्षौदेखी कायम रहेको सामाजिक सद्भाव समेत बिग्रिन सक्ने तर्फ सचेत गराइएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समितिका प्रमुख यादवले सो बारे आवश्यक छानबिन गर्ने आश्वासन दिएको समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ