News Category 2079/11/17
शम्भुनाथका नगर प्रमुख गुप्ता र इन्जिनियर साहबिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र प्रसाद गुप्ता तथा योजना फाँटका इन्जिनियर रामचन्द्र साहबिरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगद्वारा विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ देहाय खण्ड (ख) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन माग दाबीसहित नगर प्रमुख गुप्ता र इन्जिनियर साहबिरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दहालद्वारा जारि प्रेस विज्ञप्तिमा उल्लेख छ ।
शम्भुनाथ नगरपालिकाका इन्जिनियर साहले निर्माण कार्य भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा पुगेको आयोगको इटहरी टोलीले गत माघ ३ गते १ लाख ४० हजार घुस रकमसहित पक्राउ गरेको थियो । सोही विषयको अनुसन्धानका क्रममा नगर प्रमुख गुप्ता र इन्जिनियर साहबीचको आपसी मिलोमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि उक्त रकम घुस वापत लिइएको पुष्टि हुन आएको आयोगद्वारा जारि विज्ञप्तिमा दाबी गरिएको छ ।
दुबैको मिलोमतोमा उक्त रकम घुस लिइएको पाइएकाले गुप्ता र साहलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही हुनु पर्ने विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख गरिएको छ । भ्रष्टाचार सम्बन्धी अदालतमा आरोपपत्र दायर भएसँगै सम्बन्धीत व्यक्तिको पद निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।
यसअघि राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवबिरुद्ध पनि सोही ऐन अनुसार आयोगले ८ महिनाअघि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी निलम्बित भएका थिए । यादव संचालक रहेको गहिल कन्स्ट्रक्सनद्वारा राजविराजस्थित राजरंगशालामा भएको खेल मैदानमा माटो पुर्ने काममा अनियमितता भएको दाबी सहित आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि कानुनी ब्यवस्था अनुसार उनी निलम्बित अवस्थामा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ