News Category 2079/11/19
विद्युत चोरीमा एकै वडाका ६ जना गरी ७ जना कारवाहीमा
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
विद्युत चोरी गरेको आरोपमा सप्तरीको विष्णुपुर गाँउपालिकाका एउटै वडाका ६ जना गरी ७ जना पक्राउ परेका छन् ।
सो गाउँपालिका वडा २ मा शुक्रवार विधुत हुकिङ्ग गरेर चोरी गरीरहेको अवस्थामा ६ जना र अर्काे वडा न. ४ का १ गरी ७ जना पक्राउ परेका हुन ।
विद्युत प्राधिकरण वितरण केन्द्र राजविराज शाखाका कर्मचारी, शसस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले वडा नं. २ का लतर मुखिया, राजदेव यादव, दुखी लाल यादव, रमेश साह, जिवछ यादव र रवी साहलाई पक्राउ गरेको छ । यस्तै विद्युत चोरी कै आरोपमा सोही गाउँपालिका वडा नं. ४ का गोविन्द साह पनि पक्राउ परेका छन् ।
उनीहरु प्राधिकरणको विद्युत पोलमा हुक लगाई वत्ती बालिरहेको अवस्थामा पक्राउ परेको विद्युत प्राधिकरण वितरण के्न्द्र राजविराजका प्रमुख मधुसुधन यादवले जानकारी दिए । उनीहरुबाट प्रति ब्यक्ती १५ हजार ५ सय जरिवाना असुली तथा सचेत गराई मात्र छाडीने प्रहरीले जनाएको छ ।
राजविराज वितरण केन्द्र अन्र्तगत कुल ५३ हजार ९ सय ८८ ग्राहक छन् । विषेश गरी ग्रामिण क्षेत्रमा विद्युत हुकिङ्ग गरेर चोरी गर्ने गरिएको सुचना आउन थालेपछी प्रहरीको सहयोगमा निगरानी बढाइएको केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ