News Category 2079/11/19
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दल दर्ता प्रक्रिया सम्पन्न भएको छ । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका छन् ।
निर्वाचनका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा १० वटा दल तथा समूहहरुले दर्ता गरेको स्ववियु निर्वाचन अधिकृत रामअशिष यादवले जानकारी दिदै त्यसमध्ये नेपाली काँग्रेस निकट दुई विद्यार्थी समूहले दल दर्ता गरेको बताए । क्याम्पसमा २ हजार भन्दा बढी विद्यार्थीहरु (मतदाता) रहेका छन् ।
दर्ता भएका दल तथा समूहहरुमा समाजवादी विद्यार्थी युनियन नेपाल (जसपा निकट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेकपा एमाले निकट), अखिल क्रान्तिकारी (माओवादी केन्द्र निकट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेकपा एस निकट), लोकतान्त्रिक विद्यार्थी संघ (लोसपा निकट), नेपाल विद्यार्थी संघ (काँग्रेस निकट, मनोज कुमार यादव समूह), आम विद्यार्थी मोर्चा, राष्ट्रिय विद्यार्थी परिषद् (राप्रपा निकट), नेपाल विद्यार्थी संघ (काँग्रेस निकट, रंजनकुमार यादव समूह) र विद्यार्थी जनमत संघ (जनमत निकट) छन् ।
यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् ।
स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ