News Category 2079/11/29
एकै दिन दुई जनाले गरे आत्महत्या, साइकल नदिएको झोकमा विषादी सेवन
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरीमा दिनहुँ दुर्घटनाका साथै आत्महत्याका घटनाहरु पनि बढ्दै गएको छ । पछिल्लो समयमा जिल्लाको अग्निसाइर कृष्णासवरण र बलानबिहुल गाउँपालिकामा एकै दिन दुई जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्लाको अग्निसाईर कृष्णसवरण ४ प्रसवनि मुसहरी टोल निवासी ३५ वर्षिय बन्जरा सदा शनिबार भोज खाएर घरतर्फ फर्किने क्रममा घरबाट ५०० मिटर उत्तर आँपको फुलवारी झुण्डिएको अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार रुखको हाँगामा गलबन्दीको पासो लगाई झुण्डी छटपटि रहेको अवस्थामा स्थानियहरुले देखेपछि उपचारका लागि अटो रिक्सा खोज्ने क्रमामा मृत्यु भएको थियो ।
मृत अवस्थामा परिवारजनले घरमा राखेको सूचना प्रहरीले पाएपछि आइतबार साँझ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटेको टोलिले मुचुल्का उठाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि आइतबार साँझ जिल्लाकै बलानबिहुल १ मल्हनियास्थित स्थानिय आँपको बगैचामा वडा नं. २ चन्ही बस्ने ३५ वर्षिय बिनोद मण्डल गमछाको पासो लगाई झुण्डिएको अवस्थामा मृत्य फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कडरवोनाबाट खटेको प्रहरी टोलीले घटनाको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि अस्पताल पठाएको तथा घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै बुवासँग साइकल माग्दा नदिएको झोकमा सप्तरीको राजगढ गाउँपालिका ६ का १८ वर्षिय आनन्द कुमार मण्डलले विषादी सेवन गरेको प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा रहेको उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बजार जान उनले बुवा खुशीलाल मण्डलसँग साइकल मागेका थिए । तर, बुवाले नदिएपछि आवेशमा आएर उनले तरकारी खेतीमा प्रयोग गरिने विषादी सेवन गरेको पाइएको प्रहरीको भनाई छ ।
जिल्लामा गत आ.व. २०७७÷०७८ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय १५ जनाले ज्यान गुमाएका थिए भने २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै चालु आ.व. २०७९÷०८० को हालसम्मको अवधिमा विषसेवन र झुण्डिएर ६५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ