News Category 2079/11/29
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
मधेश कृषि विश्वविद्यालयका एक प्राध्यापकले १० दिन अघि एक्लै सुरु गरेको सरसफाई अभियानमा अहिले प्रदेशका मन्त्रीदेखि विभिन्न व्यक्ति तथा कार्यालयका प्रमुख समेतले सहभागिता जनाउन थालेका छन् ।
राजविराज वडा नं. ३ स्थित मधेश कृषि विश्वविद्यालयका प्राध्यापक डा.केशव राज पाण्डेले विश्वविद्यालय नजिकै रहेको वैष्णोकाली मन्दिरस्थित कल्टु पोखरी सरसफाई गर्न थाले पछी अन्य ब्यक्तीहरु समेत यसमा साथ दिन थालेका छन् ।
उनी यस विश्वविद्यालयमा फागुन १० गते हाजिर भएपछि ११ गते मर्निङ वाकमा निस्केको बेला छेउमै रहेको पोखरीको अवस्था देखेर चिन्तित भए । उनी झण्डै १० दिन पश्चात् फागुन २० गतेदेखी सो पोखरीको सरसफाई गर्न एक्लै जुटे । त्यसबेला उनी उक्लै पोखरीमा फ्याकिएको फोहर निकाल्दै बाहिर राख्थे । त्यस छेउका वासिहरु उनलाई पोखरीबाट फोहर निकालेको हेर्ने काम मात्र गर्थे । उनलाई कुनै प्रकारको सहयोग गरेनन् ।
वरिपरिका वासिन्दाले पोखरीमा विसर्जन गरेको फोहर बाहिर निकालेर थुपार्ने काम बारे खबर प्राप्त भएपछी फागुन २८ गते मधेश प्रदेशका कानुन, न्याय तथा संसदिय मामिला मन्त्री राजकुमार लेखीले सोमबार उनलाई सरसफाईमा साथ दिए । धर्मपत्नी उषाका साथ आएका मन्त्री लेखीले प्राध्यापक पाण्डेको एकल प्रयासमा सूरु भएको स्वच्छता अभियानको बारेमा साथीभाईहरुबाट जानकारी पाएर आफु समेत सहभागी हुन पाउँदा निकै खुशी लागेको बताए ।
यस्तो कार्यमा अन्य पक्षले पनि सघाउदा राजविराज सुन्दर र सफा नगर बन्न सक्ने तथा सरसफाई सबैलाई चाहिने हुँदा घरदेखि सबै सार्वजनिक स्थलमा सरसफाईमा गर्नुपर्नेमा मन्त्रीले लेखीले जोड दिए ।
गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका २ घर भएका प्राध्यापक डा.पाण्डेले हिमाल, पडाह र तराई जहाँ भएपनि देश हाम्रै भएको भन्दै सबै ठाउँ सुन्दर र सफा हुनु पर्छ भन्ने मान्यताका साथ सुरुमा एक्लै स्वच्छता अभियान चलाएकोमा अहिले आएर सहयोगी हातहरु थपिदै गएकोमा निकै खुशी र आत्मसन्तुष्टी मिलेको बताए । उनी रामनगर कृषि क्याम्पसका अवकाश प्राप्त प्राध्यापक समेत हुन ।
स्वच्छता अभियानमा सहभागी भएका डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त प्रसाद साहले मन्दिर प्राङ्गणमा रहेको तथा विभिन्न धार्मिक कार्यमा सर्वाधिक भक्तजनले प्रयोग गर्ने उक्त पोखरीको सौन्दर्यकरण गर्न यस अघि पनि आपूmहरुले सहयोग गरेको जानकारी दिदै डा.पाण्डेले सूरु गरेको स्वच्छता अभियानमा समेत सहयोग गर्न आएको बताए ।
पाण्डेले चलाएको अभियानमा समाजसेवी राधेश्याम रमण, मधेश कृषि विश्वविद्यालयका उपकुलपती डा.बैद्यनाथ महतो, रजिस्टार भगवान ठाकुर लगायत अन्य भरभलादमीले सहभागिता जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ