News Category 2079/12/02
सडक दुर्घटनामा ६ जना घाइते
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीको विभिन्न स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
जिल्लाको कंचनरुप नगरपालिका बिष्णु मन्दिरस्थित पुर्ब पश्चिम लोक मार्गमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको ना.३३प.९४५८ नं. को स्कुटीले बाटो काट्ने क्रममा एक पैदल यात्रीलाई ठक्कर दिएको छ । सो दुर्घटनामा स्कुटी चालक पनि भाइते भएका छन् ।
ठक्करबाट सो नगरपालिका वडा नं. ८ बस्ने ५० वर्षिया पैदल यात्री सोशिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको मुख, बायाँ खुट्टा र दाहिने हातमा चोट लागेकोले उपचारका लागि धर्मेश्वर अस्पताल ठेलिया भर्ना गरिएको छ ।
यस्तै स्कुटी चालक मोरङको रतुवामाई ५ बस्ने २५ वर्षिय बलिराम राजबंशीको निधारमा चोट लागेकोले उनको एमडिएस अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरि बिहीबारै राजविराज १६ बोरिया पेट्रोल पम्पस्थित सडक खण्डमा सखडाबाट राजविराजतर्फ आउदै गरेको मधेश प्र.०६–००१–०३३४ नम्बरको मोटरसाइकल र सोही सडक खण्डमा बिपरित दिशाबाट जादै गरेको स.५प.२७३९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको छ ।
सो दुर्घटनामा मधेश प्र. ०६–००१–०३३४ मा सबार राजगढ ७ फकिर इनर्वा निवासी ताज महमदको निधारमा र दाहिने खुट्टामा चोट लागेको तथा सोहि मोटरसाइकल पछाडी सबार उनको पत्नी मोरिया खातुनको दाहिने हात र दाहिने आँखामा घाउ भएको प्रहरीले जनाएको छ ।
यस्तै स.५प.२७३९ नम्बरको मोटरसाइकलमा सबार विष्णुपुर ७ बस्ने लक्ष्मी मंडलको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको तथा सोही मोटरसाइकल पछाडी सबार हनुमाननगर कंकालिनी ४ मधवापुर बस्ने सन्तोष मंडलको दाहिने हात र अनुहारमा चोट लगेको प्रहरीले जनाएको छ ।
घाइते सबैको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ