News Category 2079/12/02
सडक दुर्घटनामा ६ जना घाइते

दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीको विभिन्न स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
जिल्लाको कंचनरुप नगरपालिका बिष्णु मन्दिरस्थित पुर्ब पश्चिम लोक मार्गमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको ना.३३प.९४५८ नं. को स्कुटीले बाटो काट्ने क्रममा एक पैदल यात्रीलाई ठक्कर दिएको छ । सो दुर्घटनामा स्कुटी चालक पनि भाइते भएका छन् ।
ठक्करबाट सो नगरपालिका वडा नं. ८ बस्ने ५० वर्षिया पैदल यात्री सोशिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको मुख, बायाँ खुट्टा र दाहिने हातमा चोट लागेकोले उपचारका लागि धर्मेश्वर अस्पताल ठेलिया भर्ना गरिएको छ ।
यस्तै स्कुटी चालक मोरङको रतुवामाई ५ बस्ने २५ वर्षिय बलिराम राजबंशीको निधारमा चोट लागेकोले उनको एमडिएस अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरि बिहीबारै राजविराज १६ बोरिया पेट्रोल पम्पस्थित सडक खण्डमा सखडाबाट राजविराजतर्फ आउदै गरेको मधेश प्र.०६–००१–०३३४ नम्बरको मोटरसाइकल र सोही सडक खण्डमा बिपरित दिशाबाट जादै गरेको स.५प.२७३९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको छ ।
सो दुर्घटनामा मधेश प्र. ०६–००१–०३३४ मा सबार राजगढ ७ फकिर इनर्वा निवासी ताज महमदको निधारमा र दाहिने खुट्टामा चोट लागेको तथा सोहि मोटरसाइकल पछाडी सबार उनको पत्नी मोरिया खातुनको दाहिने हात र दाहिने आँखामा घाउ भएको प्रहरीले जनाएको छ ।
यस्तै स.५प.२७३९ नम्बरको मोटरसाइकलमा सबार विष्णुपुर ७ बस्ने लक्ष्मी मंडलको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको तथा सोही मोटरसाइकल पछाडी सबार हनुमाननगर कंकालिनी ४ मधवापुर बस्ने सन्तोष मंडलको दाहिने हात र अनुहारमा चोट लगेको प्रहरीले जनाएको छ ।
घाइते सबैको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ