News Category 2079/12/06

तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध

दैनिक समाचारदाता

तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध

दैनिक समाचारदाता
राजविराज, ५ चैत ।

    राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागी आईतवार तनावपुर्ण अवस्थामा मतदान कार्य सकिएको छ । 
    १४ वर्षको लामो अन्तराल पछी भएको स्ववियु निर्वाचन उत्साहपुर्ण र शान्तिपुर्ण हुने अनुमान गरिएपनि तोडफोड र झडपका बीच तनावपुर्ण अवस्थामा मतदान सकिएको हो । 
    पुर्व निर्धारित समय भन्दा एक घण्टा ढिलो विहान ९ बजे सूरु भएको मतदानमा उत्साही भएर सहभागी हुन आएका विद्यार्थीहरुको उत्साह ३ घण्टा पनि टिक्न सकेन । १२ बजे तीर परिचय पत्रको विषयलाई लिएर दुई विद्यार्थी संगठनका समर्थक बीच झडप सूरु भएपछी मतदान प्रक्रिया रोकिन पुग्यो । त्यतिबेला सम्म झण्डै ४ सय विद्यार्थीले मतदान गरिसकेका थिए । मतदान प्रक्रिया रोकिएपछी आक्रोशित विद्यार्थीहरुले ढुंगामुढा प्रहार गरी क्याम्पसका झ्याल ढोकाका शिशाहरु फुटाउन थालेपछी स्थिती झन तनावग्रस्त बन्यो । 
    स्थिती नियन्त्रणमा लिन डिएसपी नरेश कुमार सिंहको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएपछी रोकिएको मतदान प्रक्रिया पुनःअपरान्ह ४ बजे देखि शूरु भएको थियो । 
    स्थिती तनावपुर्ण देखिएपछी कतिपय विद्यार्थी मतदान नै नगरी घर फर्किएका थिए । उनीहरुलाई पुनः मतदान स्थलमा ल्याउन विभिन्न विद्यार्थी संगठनका नेताहरु मोटरसाइकल लिएर दौडधुप गरिरहेको दृष्य साँझ ५ बजे सम्म देखिएको थियो । 
    यस अघि अपरान्ह ४ बजे सम्म मात्र मतदान गर्न पाउने कार्य तालिका रहेपनि विवादका कारण ढिला भएकोले ५ बजे सम्म मतदान स्थल भित्र प्रवेश गरिसकेका सबैलाई मतदान प्रक्रियामा सहभागी गराउने क्याम्पस प्रशासनले निर्णय गरेको थियो । 
    एमाले निकटको अनेरास्ववियुका नेताले १ सय भन्दा बढी विद्यार्थीको परिचयपत्र राखेको र सो फर्जि भएको दाबी गर्दै जसपा निकटको समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेताहरुले हो हल्ला गरेपछी झडप शूरु भएको थियो । सो क्रममा अनेरास्ववीयुका सभापतीका उम्मेदवार रंंजित कुमार साह घाईते समेत भएका छन । उनलाई क्याम्पसको प्रवेशद्वार नजिकै राखेर अनेरास्ववीयुका समर्थकहरुले दोषी माथी कारवाही र निर्वाचन स्थगनको माग गर्दै नाराबाजी गर्न थालेपछि स्थिती थप तनावग्रस्त बन्यो । 
    अनेरास्ववीयुका नेताहरुले भने आफुहरुसंग रहेको परिचयपत्र फर्जि नरहेको दाबी गर्दै विपक्षी विद्यार्थी संगठनले झुठो आरोप लगाई हातपात र आक्रमणमा उत्रेको बताएका छन् । उनीहरुले यसको छानवीन हुनु पर्ने माग समेत गरेका छन । निर्वाचन अधिकृत रामअशीस यादवले विद्यार्थी संगठनका बीच परिचय पत्रको विषयलाई लिएर उत्पन्न विवादबारे विद्यार्थी संगठनका नेता तथा प्रहरी प्रशासन संगको छलफल पश्चात रोकिएको मतदान प्रक्रिया पुनः शूरु गरिएको बताएका छन् । 
    क्याम्पस प्रमुख राजिव मिश्राले विद्यार्थीहरुले गरेको ढुंगा मुढाबाट क्याम्पसको झ्याल ढोकाका शिसाहरु फुटेर १ लाख भन्दा बढीको क्षती भएको बताए । कुल १ हजार ९ सय १४ मतदाता रहेको स्ववीयु निर्वाचनमा ८ सय ३० मत खसेको र मतगणना कार्य आईतवार अवेर राती देखी नै शूरु गरिने क्याम्पस प्रशासनले जनाएको छ । 
    यसैबीच महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियू) को निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनहरुले बिरोध गरेका छन् । 
    नेवि संघका अध्यक्ष राकेश कुमार ठाकुर, अनेरास्ववियुका अध्यक्ष रन्जिव कुमार साह, अनेरास्ववियूका अध्यक्ष सुमित मिश्रा र जनमत विद्यार्थी संघ सप्तरीका अध्यक्ष राजा कुमार साहद्वारा आइतबारै संयुक्त विज्ञप्ति जारि बिरोध गरेका छन् ।  
    विज्ञप्तिमा, “निर्वाचनमा निर्वाचन समितिका पदाधिकारीले एउटा मात्रै प्यानललाई जिताउन गरेको प्रयासप्रति हामी मर्माहत भएका छौं । निर्वाचन प्रजातान्त्रिक विधी भएपनि त्यसको खिल्ली उडाउँदै एकतर्फा रुपमा एउटा प्यानललाई मात्रै मतदान गर्ने वातावरण बनाएको छ । यो अवस्थालाई हेरी हामी नारावाजी गर्दा केहि बेरका लागि मतदान रोकिएको थियो । तर, त्यसपछि प्रहरीको बलमा निर्वाचन समितिले समाजवादी विद्यार्थी युनियन निकटका मतदातालाई भित्र छिर्न लगाई मतदान गर्न लगाएका छन् ।” भनिएको छ । 
    त्यस्तै “एकतर्फी रुपमा यसरी गराइएको निर्वाचनको कुनै तुक छैन् । हामी यसको घोर भत्र्सना गर्दछौं । आइतबार भएको निर्वाचन खारेज गरी पुनः अर्काे मितिमा निर्वाचन गराउन हाम्रो माग छ ।” विज्ञप्तिमा उल्लेख छ ।
    सोही विज्ञप्तिमा निर्वाचन अधिकृत रामअशिष यादवले एक मात्र प्यानललाई जिताउन प्रयास गरेकाले उनलाई पनि पदबाट हटाएर कार्वाही गर्न माग गर्दै माग पूरा नभए निर्वाचनलाई कुनै पनि हालतमा नमान्ने र चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट