News Category 2079/12/08

करेन्टले लागेर महिलाको मृत्यु

दैनिक समाचारदाता

करेन्टले लागेर महिलाको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ८ चैत ।    

    सप्तरीको महादेवा गाउँपालिकामा बुधबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । 
    सो गाउँपालिका वडा नं. ४ डाढा निवासी मो. जहुरकी ५० वर्षिया श्रीमती अमिना खातुनको करेन्ट लागेर मृत्यु भएको हो । 
    आंगनमा थुपारीराखिएको जस्तापाता एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा घर नजिकै रहेको विद्युतीय पोलको तारमा जस्तापाताले छोएपछि खातुनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
    गम्भिर अवस्थामा उनलाई तत्कालै भारदह अस्पतालमा ल्याएकोमा चिकितसकले मृत घोषित गरेका थिए भने घटना स्थलमा इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटेको एक टोलीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट