News Category 2079/12/08
स्ववियु निर्वाचन सम्पन्न भएको चार दिनपछि विवादकै बीच मतगणना
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा आइतबार सम्पन्न स्ववियु निर्वाचनको मतगणना चार दिनपछि बुधबार दिउँसो ४ बजेदेखी विवादकै बीच सुरु भएको छ ।
मतगणना भइरहेको स्थलमा जसपा निकटको समाजवादी विद्यार्थी युनियन गठबन्धनका प्रतिनिधिहरु उपस्थित रहेपनि पुनः मतदानको माग गर्दै आएका काँग्रेस निकटको नेवि संघ, जनमत पार्टी निकटको विद्यार्थी जनमत संघ, एमाले निकटको अनेरास्ववियु र एकीकृत समाजवादी निकटको अनेरास्ववियुका कुनै पनि प्रतिनिधि सहभागि भएका छैनन् ।
उनीहरु मतगणना बहिष्कार गरि क्याम्पस गेट बाहिरै नाराबाजी गर्दै दिनभरी बसिरहेका छन् । उनीहरु मतदान अधिकृत यादवले एकपक्षलाई मात्र लाभ पुग्ने गरि निर्वाचनको समय तालिका मिलाएको र निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै उक्त निर्वाचन परिणाम कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै आएका छन् ।
बुधबार त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले क्याम्पस प्रशासनलाई एक पत्र पठाई निर्वाचनको मतगणना प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि मतगणना अपरान्ह ४ बजेदेखी सुरु भएको मतदान अधिकृत रामअशिष यादवले जानकारी दिए ।
उक्त पत्रमा त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिको बैठकले मतगणना प्रक्रिया सुरु गर्न निर्णय गरेको उल्लेख छ ।
स्ववियु निर्वाचनमा काँग्रेस निकट नेवि संघ र जनमत पार्टी निकट विद्यार्थी जनमत संघ एक्ला एक्लै चुनावी मैदानमा छन् भने एमाले निकटको अनेरास्ववियु तथा एकीकृत समाजवादी निकटको अनेरास्ववियु तालमेल गरि प्रतिष्पर्धामा छन् ।
यस्तै जसपा निकटको समाजवादी विद्यार्थी युनियन, लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघ र माओवादी निकटको अखिल क्रान्तिकारी गठबन्धन बनाएर चुनावमा उत्रेका हुन् ।
यसअघि मतदानकै दिन विभिन्न विद्यार्थी संगठनका समर्थकबीच एक आपसपमा कुटपिट हुँदा चार घण्टा मतदान स्थगित गरिएको थियो । त्यसपछि अपरान्ह ४ बजेदेखी पुनः मतदान सूचारु गरिएको थियो । त्यति बेला सम्म मतदान नहुने ठानेर आफ्ना पक्षका अधिकांश मतदाता घर फर्किसकेको भन्दै एक पक्षले सो निर्वाचन बदर गरि पुनः अर्को मितिमा चुनाव गर्नुपर्ने र अर्को पक्षले सोही निर्वाचनलाई मान्यता प्रदान गरि तत्काल मतगणना सुरु गर्नुपर्ने अडान लिएपछि मतगणना कार्य अघि बढ्न सकेको थिएन् ।
सहमतिका लागि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पटक पटक विद्यार्थी संगठन र राजनीतिक दलका नेताहरुलाई राखेर सहमतिको प्रयास गरेपनि सफल हुन सकेको थिएन् ।
एक हजार ९ सय १४ मतदाता रहेको स्ववियु निर्वाचनमा ४४ प्रशितशत भन्दा पनि कम ८ सय ३० मत मात्र खसेको र बाँकी मतदातालाई मताधिकारबाट बञ्चित गराइएको विपक्षमा रहेका विद्यार्थी संगठनहरुले दाबी गर्दै बिहीबारदेखी आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
मतगणना स्थलमा झडप तथा कुनै अप्रिय घटना हुन नदिन बिहानैदेखी डिएसपी नरेशकुमार सिंहको नेतृत्वमा क्याम्पस भित्र र बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । मतगणनाको अन्तिम परिणाम अबेर रातीसम्म आउने अपेक्षा गरिएको छ ।
यसैबीच मतगणनाको पछिल्लो मतपरिणाम अनुसार समाजवादी विद्यार्थी युनियन गठबन्धन अग्रस्थानमा रहेको छ । त्यसलाई एमाले निकट अनेरास्ववियुले पछ्याइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ