News Category 2079/12/09
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरीमा एक २२ वर्षिया महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् भने ८० वर्षिया बृद्धाले आत्महत्याको प्रयास गरेकी छिन् ।
जिल्लाको शम्भुनाथ नगरपालिका ९ ब्रजहट टोलकी २२ वर्षिया सजन देवी मुखियाले आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार राती १० बजे तिर आफ्नै घरमा वाँसको बलोमा साडीको पासो लगाई उनले आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण भने खुल्न न सकेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
झुण्डिएको अवस्थामा उनको आमाले देखेपछी खबर गरेको र त्यस पछी प्रहरी चौकी कठौना र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटेको टोलीले मृतकको शव नियन्त्रणमा लिई अनुसन्धान सूरु गरेको डिएसपी सिंहले बताए ।
यता विहीवार विहान राजविराज नगरपालिका १ डुमरी शिवथान निवासी ८० वर्षिया जानकी साहले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन । उनको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भइरहेको छ । विषादी सेवनबारे कारण खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लामा आत्महत्याको घट्नामा निकै तीब्र रुपमा बढिरहेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को हाल सम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ७५ पुगेको( छ भने गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
प्रहरीले न्युनिकरणका लागी अहिले जिल्लाका सबै पालिकामा सचेतना अभियान समेत संचालन गरे पनि आत्महत्याको दर बढ्ने क्रम नरोकिनु दुुःखद छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ