News Category 2079/12/09

बहुअपाङता हुनबाट जोगिन शान्ति, पाँच वर्षदेखि आशु नलिका कारण हेर्न कठिनाई 

दैनिक समाचारदाता

बहुअपाङता हुनबाट जोगिन शान्ति, पाँच वर्षदेखि आशु नलिका कारण हेर्न कठिनाई 

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।

    म सामान्य परिवारमा जन्मिएको भए पनि मेरो जिवन सामान्य व्यक्ति भन्दा विपरित थियो । संसारमा जन्म एक पटक हुन्छ तर, जिवित रहनलाई धेरै नै संघर्ष गर्नुपर्छ भन्ने कुरा मैले आफ्नो जिवनको भोगाईबाट थाहा पाईसकेको छु । मलाई लाग्छ १६ वर्षको मेरो यो जिवनमा मैले ६० वर्षको भोगाई भोगिसकेको छु ।
    घरपरिवार सबै सहज भएपनि म दिन दिनै असहजता र निरासाको दिशामा लम्किदै गए । मेरो सबै इच्छा र चाहनाहरु समयका साथ साथै धुमिल हुदै गए । संसार जति नै निष्ठुर र कठोर भए पनि आमा बावु नै अन्तिम सहारा हुँदो रहेछ । मैले मेरा ईच्छाहरुमा रहेपनि मेरा ती वृद्ध आमा बुवाले सम्भावनाको कुनै प्रयासबाट चुक्नु भएन र कहिले थाक्नु भएन ।
    मेरो शारीरिक अशक्तता र अपाङताका कारण म यो गर्न सक्दिन भन्दा पनि मेरो घर परिवारको लागि भए पनि म यो गर्न सक्छु जस्तो लाग्छ । सानै देखि म बोल्न नसक्ने भएको कारण मैले पढाईमा पनि सोचे अनुसारको परिणाम ल्याउन सक्दिनथे । दिन प्रतिदिन निरास हुदै गएको मेरो क्षमताले मलाई शारीरिक र मानसिक दुवै तर्फवाट कमजोर वनाउँदै गए । जसको कारण मेरो दृष्टिमा पनि समस्या आउन थाल्यो । जसले गर्दा मेरो जिवनमा कठिनाईहरु झन झन थपिदै गए । आज भन्दा आउने दिनहरु थप जटिल हुदै गएको आभाष हुदै थियो । आँखा उपचारको लागि धेरै नाम चलेका अस्पतालहरु धाए । एउटा अस्पतालमा आँशु नलि ठीक बनाउने सम्बन्धि शल्यक्रिया पनि भयो तर शल्यक्रिया सफल भएन समस्या ज्यूका त्यू रहि रहे भन्छिन वेल्ही, सप्तरीकी शान्ति कुमारी साह ।
    एक त आर्थिक विपन्नताको मार र त्यसमाथि सुधार उन्मुख प्रतिफल नआउदा परिवारको सदस्यहरुमा निराशा गहरिदै गईरहेको थियो । धामी, झाक्रि, तन्त्र मन्त्रले पनि कुनै असर नभएपछि घरी घरी आफूलाई लाग्थ्यो छोरी मान्छेको यो जिवन दुःखका पहाड गन्दै सकिन्छ होला् । जस्तो लाग्न थाल्यो शान्तिलाई । 
    जन्मै देखि बोलाई सम्बन्धि समस्या भए पछि निजको बुबाले विभिन्न डाक्टर वैधलाई देखाए तर केही सीप लागेन । अन्तोगत्व अपाङ्गता रुपी जिवन बाँच्न बाध्य भएको शान्तिले सुनाए । 
    विगत ५ वर्ष देखि उनी आशु नलिको समस्या भएर हेर्न समेत अफ्ठयारो भई रहेको स्थिति थियो । बहुअपाङ्गता हुनबाट बच्न उनी धेरै नेत्ररोग विशेषज्ञकहाँ धाईरहेका छन् । थरीथरी डाक्टरको पालो पु¥याईसकेका उनी पछिल्लोपटक राजविराजको रोपनी रोडस्थित सगरमाथा आँखा अस्पतालको नेत्र तथा अकुलोप्लाष्टि रोग विशेषज्ञ डा. आशिष राज पाण्डेकहाँ आइपुगेका थिए । तर यहाँ आइपुगेर आँखा रोगबारे उनले अहिलेसम्म सुनेका र बुझेका भन्दा फरक उपचार पाए ।
    विभिन्न चेकजाँच र परीक्षण पश्चात् डा. पन्तले उनलाई रोग र त्यसका रोकथामबारे बेलिविस्तार लगाइन् । नेत्र विशेषज्ञको रुपमा ८ वर्ष मेचि आँखा अस्पतालमा कार्य गरेपछि तथा तिलगंगा आँखा अस्पतालवाट अकुलोप्लाष्टिमा फेलोसिप गरेका डा. पन्त गत वर्ष देखि सप्तरीवासीको सेवाको लागि राजविराजमा कार्यरत छन् । नेत्र विशेषज्ञको रुपमा लामो अनुभव प्राप्त गरे पनि अनी आँखा सम्बन्धि रोगबारे उपचार मात्र नभई  सचेतना अभिवृद्धिमा लागिरहेका छन् । नेपालमा उपलब्ध सिमित अकुलोप्लाष्टि रोग विशेषज्ञ मध्ये उनी एक हुन् । आँखाको विरामीलाई उनी औषधीको थोरै र सुझावको पोको धेरै बोकाउँछन् ।
    यता शान्ति सुनाउँछिन् । दैवको चमत्कार, आफनै शहरमा आँखा अस्पताल रहेको कुरा सुन्ना साथ बुवाले छिनो आशाका साथ त्यहाँ लग्नु भयो । त्यहाँ जाँच पछि शल्यक्रिया हुन सक्ने जानकारी नेत्र विशेषज्ञ डा ले बताउनु भयो । शल्यक्रिया पश्चात् म बोल्न नसके पनि आँखा राम्ररी देख्ने भएको छु । शान्ति मेरो नाम हो र आजको यो उपलब्धिले मैले जिवनमा शान्त भावको अनुभूति गर्न सकेको छु । 
    उपलब्धि, सुख, सुन्दरता तथा सफलताको परिभाषा सवैको लागि एक नहोला तर सुनाई सम्बन्धि समस्याको साथै अन्धकारले समते घेर्न लागेकोे मेरो जिवनमा यो उपचार पछि आएको परिवर्तनले म अतिनै हर्षित तथा अस्पताल प्रति आभारी भएको छु ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट