News Category 2079/12/09
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी, चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियन नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ ।
सभापती पदमा रंजित कुमार यादवले यादवले ४ सय २३ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी एमाले निकट अनेरास्ववीयुका सभापती पदका उम्मेदवार रन्जिव कुमार साहले १ सय ९९ मत प्राप्त गरे ।
नेविसंघका सभापतीका उम्मेदवार महेश कुमार यादवले ९० मत तथा विद्यार्थी जनमत संघका सभापती पदका उम्मेदवार राजभजन मण्डलले ७२ मत प्राप्त गरे । एमाले निकटको अनेरास्ववीयु र एकिकृत समाजवादी निकटको अनेरास्ववियुले तालमेल गरेका थिए भने काँग्रेस निकटको नेविसंघ र जनमत पार्टी नेतृत्वको विद्यार्थी जनमत संघ एक्ला एक्लै प्रतिस्पर्धामा उत्रेका थिए । समाजवादी युनियनले लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघ तथा माओवादी निकटको अखिल क्रान्तिकारी संग गठबन्धन गरेका थिए । क्याम्पसमा १ हजार ९ सय १४ मतदाता रहेकोमा ८ सय ३० मत मात्र खसेको थियो ।
मतदान आईतवार नै सकिए पनि नेविसंघ, विद्यार्थी जनमत संघ र अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले मतदानमा धाधँली भएको आरोप लगाउँदै पुनः निर्वाचन गर्नु पर्ने अडान लिएपछी मतगणना कार्य रोकिएको थियो । तर, त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले बुधवार एक पत्र पठाई अर्काे निर्वाचन न गराई सम्पन्न भईसकेको निर्वाचनको मतगणना प्रक्रिया अघि बढाउन पत्राचार गरेपछी बुधवार साँझदेखि मतगणना सूरु गरिएको थियो । मतगणना प्रक्रियामा भने पुनः निर्वाचनको माग गर्दै आएका विद्यार्थी संगठनका कुनै पनि प्रतिनिधी सहभागी भएनन् । मतगणना भईरहदा क्याम्पस गेट बाहिर उनीहरुले मतगणना रोक्न भन्दै दिनभर नाराबाजी गरिरहे ।
यता निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गर्दै आएका नेविसंघ, अनेरास्ववियु र जनमत विद्यार्थी संघले निर्वाचन परिणाम कुनै पनि हालतमा स्वीर्काय न हुने स्पष्ट पारेका छन् । विहीवार ती संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै धाँधलीपुर्ण र एकपक्षिय ढंगले वलजफती गराइएको निर्वाचन र मतगणना स्वीकार न भएको जनाएको छ ।
नेविसंघका जिल्ला अध्यक्ष राकेश ठाकुर, विद्यार्थी जनमत संघका जिल्ला अध्यक्ष राजाकुमार साह, अनेरास्ववीयुका जिल्ला सदस्य सालीग्राम यादव तथा अन्य विद्यार्थी नेताको हस्ताक्षरमा जारी संयुक्त विज्ञप्तीमा एक पक्षलाई जिताउने गरी धाँधली पुर्ण तरिकाले गरिएको निर्वाचन तत्काल खारेज गरी अर्काे चुनाव गर्नु पर्ने माग गरिएको छ । पुनः निर्वाचन नगराइए आन्दोलन चर्काउने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ