News Category 2079/12/10
हरवा चरवाको पुर्नस्थापना बिषयक अन्तरक्रिया सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
प्रधानमन्त्रीको बिशेष सन्देश र हरवा चरवाको पुर्नस्थापना बिषयक एक दिने अन्तरक्रिया शुक्रवार सप्तरीको रुपनी गाउँपालिकामा सम्पन्न भएको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा आयोजित अन्तरक्रियाका बक्ताहरुले सरकारद्वारा घोषित हरवा चरवा मुक्तिको घोषणा कार्यान्वयनका लागि तीनै तहको सरकारबाट पहल हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले प्रधानमन्त्रीबाट भएको हरवा चरवा मुक्तिको घोषणालाई कार्यान्वयनका लागि आफ्नो पालिका प्रतिबद्ध रहेको बताउनुहुँदै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
हरवा चरवाहरुको पुर्नस्थापना र उहाँहरुको भावी सन्ततिको उज्वल भबिष्यका लागि सबै पक्षले ठोस योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष यादवले हरवा चरवामाथि कुनै किसिमको बिभेद हुन नदिन प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा हरवा चरवा परिवारका सदस्यहरुले हरवा मुक्तिको घोषणा भएपनि कार्यान्वयनमा नआउँदा आफुहरु समस्यामा रहेको बताउँदै सरकारले पुर्नस्थापनाको गरेपनि अझै आफुहरु उठिबासको समस्या भोग्नु परिरहेको बताएका छन् ।
सो अवसरमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले हरवा चरवा पुर्नस्थापना कार्यबिधि २०७९ अनुसार हरवा चरवाहरुको लागत सङ्कलन गर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यसका लागि स्थानीय सरकारले ठोस योजना अघि सार्नुपर्ने बताए ।
श्रीुपर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता पुनम चौधरीद्वारा सञ्चालित कार्यक्रममा श्रीुपर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक लालुप्रसाद रामले हरवा चरवा परिवारको आर्थिक उन्नति र सशक्तिकरणका लागि द फ्रिडम फण्डको सहयोगमा जिल्लाको रुपनी गाउँपालिकासहित शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका र बोदे बसाईन नगरपालिका गरी चार वटा पालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए ।
उहाँले बर्षाैदेखि तराई मधेशका जिल्लामा देखिएको हरवा चरवा मुक्तिको तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेसँगै पुर्नस्थापनाका लागि सबै पक्ष एकजुट हुनपर्ने उल्लेख गरे ।
यसअघि बिहीवार द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सप्तरीको बोदे बर्साईन नगरपालिकामा पनि प्रधानमन्त्रीको बिशेष सन्देश र हरवा चरवाको पुर्नस्थापना बिषयक एक दिने अन्तरक्रिया आयोजना गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ