News Category 2079/12/10
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
सरकारले तोकेको भन्दा दोब्बर तेब्बर शुल्क लिएको भन्दै शुक्रबार राजविराजमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
राजविराजस्थित श्री केशो अनिरुद्धवति माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले रजिष्ट्रेशन फारम वापत मनपरी शुल्क असुली गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले बढी लिइएको शुल्क फिर्ता तथा सोको छानविन गरी दोषीमाथि कार्वाहीको माग गर्दै कार्यवाहक नगरप्रमुख ईसरत प्रवीणलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्रमा परिक्षा नियन्त्रण कार्यालयले रजिष्ट्रेशन फारम वापत शुल्क ३ सय रुपैयाँ तोकेपनि विद्यार्थीहरुबाट ५ सयका दरले असुल गरिएको र सो वापतको रसिद समेत नदिएको उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै कार्यवाहक नगरप्रमुख प्रवीणलले तत्कालै सो विद्यालयका प्रधानाध्यापक भोगेन्द्र प्रसाद यादवलाई बोलाएर सो बारे सोधपुछ गरेका थिए । उनले विद्यार्थीको सहमति बेगर लिएको बढी रकम तत्काल फिर्ता गर्न निर्देशन समेत दिएकी छिन् ।
यता विद्यार्थी राकेश यादवले राजविराजस्थित राजदेवी माध्यमिक विद्यालय र जनता मेमोरियल माध्यमिक विद्यालय समेतले रजिष्ट्रेशन फारम शुल्कको नाउँमा विद्यार्थीहरुबाट ५ सयदेखि १ हजार रुपैयाँसम्म विद्यालय प्रशासनले असुल गरिरहेको गुनासो पोखे ।
शिक्षा विकास तथा समन्वय ईकाई सप्तरीका निमित्त प्रमुख राजदेव यादवले विद्यार्थीहरुको गुनासो आएपछि शुक्रवार नै सम्बन्धित विद्यालयलाई तीन सय भन्दा बढी शुल्क नलिन तथा बढी लिएको भए सो रकम तत्काल फिर्ता गर्न निर्देशन सहितको पत्राचार गरिएको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ