News Category 2079/12/10
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
दाईजोका नाममा श्रीमान्संगै परिवारका अन्य सदस्यले शारिरीक र मानसिक यातना, कुटपिट, गर्भपतन, खान लगाउन नदिने र घर निकाला सम्मको कसुर गरेको भन्दै सप्तरी जिल्ला अदालतले राजविराजका एक युवकलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको छ ।
मुख्य न्यायाधिश हेमन्त रावलको एकल इजलासले राजविराज ३ निवासी ३० वर्षिय नवीनकुमार दासलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको हो ।
दास विरुद्ध परेको विवाह सम्बन्धि कसुर र गर्भपतन मुद्दामा थुनछेक बहस पछी शुक्रवार कारागारमा पठाउने आदेश जारी गरे लगतै प्रहरीले उनलाई राजविराज कारागार चलान गरेको छ ।
उनको श्रीमती २३ वर्षिया आरती कुमारी दास न्यायका लागी अदालतको शरणमा पुगेकी थिईन । यस अघि घरेलु हिंसाको मुद्दामा समेत जिल्ला अदालतले आरतीको पक्षमा संरक्षनात्मक आदेश जारी गरेको थियो. ।
तीन घण्टा लामो थुनछेक वहसमा पीडित महिला आरतीका तर्फबाट प्रदेश सभासदस्य समेत रहेकी अधिवक्ता किरण कुमारी साह, केशव दास लगायत ५ जना कानुन व्यवसायीले बहस गरेका थिए । अधिवक्ता साहले पीडित महिला आरतीलाई न्याय दिलाउन गरेको प्रयासमा न्यायमुर्ती रावलले गरेको पैmसलाले न्याय र अदालत प्रतिको आस्था र विश्वास मजवुत बनाउने काम गरेको बताईन ।
मुद्दामा विपक्षी बनाइएका सासु, ससुरा र नन्दलाई समेत मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गरी कारवाही सजायको माग गरिएको छ । हाल उनीहरु फरार रहेको बताइएको छ ।
आदेशमा आरतीलाई निज बसी आएको घरमा वसोवास गर्न दिनु, खान लाउन दिनु तथा कुटपिट र गाली बेइजत नगर्नु भनिएको थियो । त्यती बेला पनि घर प्रवेश गराउन खोज्दा परिवारजनले घरको मुल गेटमा भित्र पट्टीबाट ताला लगाएर बसेका थिए । पटक पटक आग्रह गर्दा पनि ढोका न खोलेपछी कानून व्यवसायी, संचारकर्मी, जनप्रतिनीधी, प्रहरी र स्थानीय भरभलादमीले बाहिरबाट सिढी लगाएर आरतीलाई घरको कम्पाउण्ड भित्र छिराएको थियो ।
तर, अदालतको आदेशको पालना नगरी श्रीमान नविन, सासु, ससुरा, नन्द र परिवारका अन्य सदस्यहरु मिली फेरी त्यस्तै प्रकृतिको व्यवहार दोह¥याउन थालेको भन्दै आरती पुनःअदालतको शरणमा पुगेकी थिइन ।
उनले अदालतमा पेश गरेको विवाह सम्बन्धि कसुर र गर्भपतन सम्बन्धि मुद्दामा थप ५० लाख दाईजो माईतबाट लिई आउन परिवारजनले दवाव दिन थालेको र इन्कार गर्दा गर्भवती अवस्थामा समेत खान लाउन नदिई कुटपिट गरेपछी २ महिना २ दिनको गर्भ समेत तुहिएको उल्लेख गरेकी छिन । गर्भ तुहिएको सम्बन्धि मेडिकल रिर्पोट पनि पेश गरेकी उनले दाईजोका लागी पटक पटक शारिरीक र मानसकि यातना मात्र होइन । घरमा खान लाउन पनि नदिदाँ कतिपय दिन भोक भोकै वस्नु परेको त कतिपय दिन माइतीबाट खाना खर्च मगाई खानाको जोहो आपैmले गर्नू परेको पीडा उल्लेख गरेकी छिन ।
जनकपुर उप महानगरपालिका माईती भएकी आरतीको राजविराज ३ निवासी नवीनसँग २०७७ साल मंसिर २१ गते धुमधामका साथ हिन्दु रितीरिवाज अनुसार विवाह सम्पन्न भएको थियो । तर, थप दाईजोको मागका लागी आरती र माईती पक्षलाई दवाव बढाँउदै लगेपछी आन्तरिक कलह बढ्दै गएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ