News Category 2079/12/12
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित

दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
पाँच महिनादेखी तलब नखाएको भन्दै राजविराज नगरपालिकामा कार्यरत सरसफाई कर्मचारीहरु आन्दोलित भएका छन् ।
सरसफाईको काम बहिष्कार गर्दै नगरपालिका कार्यालय भित्र उनीहरु आइतबार धर्ना बसेका हुन् । नगरपालिकाका विभिन्न वडाको सरसफाई कार्यमा खट्दै आएका करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुले गत मंसिर १२ गतेपछि तलब पाएका छैनन् ।
तलब बारे नगरपालिकाको सम्बन्धित फाँटमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत चासो नलिएपछि बाध्य भएर काम बहिष्कार गरि धर्नामा बस्नु परेको सरसफाईकर्मी सकुन्तलादेवी मेहतरले बताइन् ।
अखिल नेपाल टे«ड युनियन मजदुर महासंघ मधेश प्रदेशका महासचिव केदार देवले मजदुरहरुको पाकेको तलब पनि समयमा नदिएर उनीहरुमाथी अन्याय भएको भन्दै आन्दोलनमा एक्यबद्धता जनाए ।
नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनले प्रमुख प्रशासकीय अधिकृत नरहेका कारण सरसफाई मजदुरहरुलाई समयमै तलब खुवाउन नसकेको बताइन् ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अन्यत्र सरुवा भई गएको र रिक्त स्थानमा अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाइएका कारण आर्थिक कारोबार प्रभावित हुन पुगेको नगरपालिकाले जनाएको छ ।
सरसफाई कर्मचारीहरुको आन्दोलनका कारण आइतबार नगरपालिका अन्तरगतको वडाहरुको फोहर उठ्न सकेन् । नगरपालिकामा ६१ जना सरसफाई मजदुरहरु कार्यरत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ