News Category 2079/12/12
तोकिएको समयमा काम सम्पन्न गराउन निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
सप्तरी जिल्लाको हुलाकी सडकखण्ड अन्तर्गत निर्माणाधीन विभिन्न सडक तथा पुलहरु तोकिएको समय सीमा भित्र सम्पन्न गर्न निर्देशनका साथै सम्बद्ध निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आइतबार एक बैठक बसाई त्यस्तो निर्देशन र सम्बद्ध निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता गराएका हुन् ।
वर्षाेदेखि निर्माण भइरहेको हुलाकी सडक र पुल जिल्लाको केही क्षेत्रमा अझै अधुरो रहेको र ठेकेदार कम्पनीको ढिलासूस्तीले सर्वसाधारणले सास्ती भोग्नु परिरहेको गुनासो बढ्न थालेपछी प्रजिअ थापाले निर्देशन दिँदै लिखित प्रतिबद्धता गराएका हुन् ।
प्रतिबद्धता बमोजिम उपलब्ध गराइएको समयमा समेत निर्माण कार्य सम्पन्न नगरिए जरिवानादेखी ठेक्का रद्दसम्मको प्रक्रिया अघि बढाइने बैठकमा उनले निर्माण कम्पनीका प्रतिनीधीहरुलाई सचेत पनि गराए ।
हुलाकी सडक निर्देशनालय इटहरीमार्फत जिल्लामा संचालित सडक योजनाको प्रगति विवरण समेत बुझ्ने उद्देश्यले आयोजना गरिएको बैठकमा प्रजिअ थापाले कानुनी अड्चन बाहेकका अन्य कुनै पनि सडकखण्डमा अब निर्माण कार्य ढिलाई र बहाना स्वीकार्य नहुने कडा रुपमा प्रस्तुत भए ।
हुलाकी सडक निर्माण कार्य अन्तर्गत अहिले राजविराज नगरपालिका, बोदेबर्साइन नगरपालिका, डाक्नेश्वरी नगरपालिका, तिरहुत गाउँपालिका, बलानविहुल गाउँपालिका र अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको विभिन्न खण्डमा अझै निर्माण कार्यले पूर्णता पाईसकेको छैन ।
तिन चार महिना पछी वर्षायाम आउने र त्यसले निर्माण कार्य प्रभावित हुने भएकाले त्यस अगावै अधुरो कामलाई गति दिनु पर्ने बैठकमा सहभागी राजविराज नगरपालिकाकी कार्यवहाक प्रमुख इशरत परबिनले जोड दिईन ।
बैठकका बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेश सिंह यादव, वलानविहुनल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मुखिया, राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डल लगायतले पनि ठेकेदार कम्पनीको लापारवाहीले दुर्घटनाको जोखिम समेत बढाएको भन्दै अबिलम्ब अधुरो काम पुरा गर्न माग गरेका थिए ।
कार्यक्रममा हुलाकी सडक निर्देशनालय इटहरीका प्रमुख विजय थापाले सप्तरीमा संचालित योजनाहरुबारे विस्तृत जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ