News Category 2079/12/12
तोकिएको समयमा काम सम्पन्न गराउन निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
सप्तरी जिल्लाको हुलाकी सडकखण्ड अन्तर्गत निर्माणाधीन विभिन्न सडक तथा पुलहरु तोकिएको समय सीमा भित्र सम्पन्न गर्न निर्देशनका साथै सम्बद्ध निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आइतबार एक बैठक बसाई त्यस्तो निर्देशन र सम्बद्ध निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता गराएका हुन् ।
वर्षाेदेखि निर्माण भइरहेको हुलाकी सडक र पुल जिल्लाको केही क्षेत्रमा अझै अधुरो रहेको र ठेकेदार कम्पनीको ढिलासूस्तीले सर्वसाधारणले सास्ती भोग्नु परिरहेको गुनासो बढ्न थालेपछी प्रजिअ थापाले निर्देशन दिँदै लिखित प्रतिबद्धता गराएका हुन् ।
प्रतिबद्धता बमोजिम उपलब्ध गराइएको समयमा समेत निर्माण कार्य सम्पन्न नगरिए जरिवानादेखी ठेक्का रद्दसम्मको प्रक्रिया अघि बढाइने बैठकमा उनले निर्माण कम्पनीका प्रतिनीधीहरुलाई सचेत पनि गराए ।
हुलाकी सडक निर्देशनालय इटहरीमार्फत जिल्लामा संचालित सडक योजनाको प्रगति विवरण समेत बुझ्ने उद्देश्यले आयोजना गरिएको बैठकमा प्रजिअ थापाले कानुनी अड्चन बाहेकका अन्य कुनै पनि सडकखण्डमा अब निर्माण कार्य ढिलाई र बहाना स्वीकार्य नहुने कडा रुपमा प्रस्तुत भए ।
हुलाकी सडक निर्माण कार्य अन्तर्गत अहिले राजविराज नगरपालिका, बोदेबर्साइन नगरपालिका, डाक्नेश्वरी नगरपालिका, तिरहुत गाउँपालिका, बलानविहुल गाउँपालिका र अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको विभिन्न खण्डमा अझै निर्माण कार्यले पूर्णता पाईसकेको छैन ।
तिन चार महिना पछी वर्षायाम आउने र त्यसले निर्माण कार्य प्रभावित हुने भएकाले त्यस अगावै अधुरो कामलाई गति दिनु पर्ने बैठकमा सहभागी राजविराज नगरपालिकाकी कार्यवहाक प्रमुख इशरत परबिनले जोड दिईन ।
बैठकका बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेश सिंह यादव, वलानविहुनल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मुखिया, राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डल लगायतले पनि ठेकेदार कम्पनीको लापारवाहीले दुर्घटनाको जोखिम समेत बढाएको भन्दै अबिलम्ब अधुरो काम पुरा गर्न माग गरेका थिए ।
कार्यक्रममा हुलाकी सडक निर्देशनालय इटहरीका प्रमुख विजय थापाले सप्तरीमा संचालित योजनाहरुबारे विस्तृत जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ