News Category 2079/12/13
पत्रकारहरुको निशुल्क आँखा उपचार
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापना दिवसको अवसरमा सोमबार सप्तरीका संचारकर्मीहरुको निशुल्क आँखा उपचार गरिएको छ ।
सगरमाथा चौधरी आँखा अस्पताल लहान तथा राजविराजस्थित आँखा उपचार केन्द्रको समन्वयमा संचारकर्मीहरुका लागि एक दिने निशुल्क आँखा उपचार शिविरको आयोजना गरिएको हो ।
शिविरमा २३ जना संचारकर्मीले आँखा उपचार सेवा प्राप्त गरेका छन् । आयोजक अस्पतालले पत्रकार महासंघ शाखा सप्तरीसँग समनवय गरि आयोजना गरिएको शिविरमा जचाउन आएका संचारकर्मीलाई आँखा परिक्षण, औषधी र चश्मा समेत निशुल्क उपलब्ध गराइएको पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देवले जानकारी दिए ।
शिविरमा नेत्र विशेषज्ञ डा. रामकुमार झाले आँखा उपचार सेवा प्रदान गरेका छन् । चौधरी आँखा अस्पताल लहानकै पहलमा १९ वर्षअघि राजविराजमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा सो शिवरको आयोजना गरिएको छ ।
सो केन्द्रले स्थापनाकाल देखी हालसम्मको अवधीमा ३ लाख ५७ हजार २ सय ४७ जना आँखाका रोगिको उपचार गरिसकेकोको जानकारी दिँदै डा. झाले २५ प्रतिशत सीमावर्ती भारतीय क्षेत्रका आँखाका बिरामीहरु रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ