News Category 2079/12/13
पत्रकारहरुको निशुल्क आँखा उपचार

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापना दिवसको अवसरमा सोमबार सप्तरीका संचारकर्मीहरुको निशुल्क आँखा उपचार गरिएको छ ।
सगरमाथा चौधरी आँखा अस्पताल लहान तथा राजविराजस्थित आँखा उपचार केन्द्रको समन्वयमा संचारकर्मीहरुका लागि एक दिने निशुल्क आँखा उपचार शिविरको आयोजना गरिएको हो ।
शिविरमा २३ जना संचारकर्मीले आँखा उपचार सेवा प्राप्त गरेका छन् । आयोजक अस्पतालले पत्रकार महासंघ शाखा सप्तरीसँग समनवय गरि आयोजना गरिएको शिविरमा जचाउन आएका संचारकर्मीलाई आँखा परिक्षण, औषधी र चश्मा समेत निशुल्क उपलब्ध गराइएको पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देवले जानकारी दिए ।
शिविरमा नेत्र विशेषज्ञ डा. रामकुमार झाले आँखा उपचार सेवा प्रदान गरेका छन् । चौधरी आँखा अस्पताल लहानकै पहलमा १९ वर्षअघि राजविराजमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा सो शिवरको आयोजना गरिएको छ ।
सो केन्द्रले स्थापनाकाल देखी हालसम्मको अवधीमा ३ लाख ५७ हजार २ सय ४७ जना आँखाका रोगिको उपचार गरिसकेकोको जानकारी दिँदै डा. झाले २५ प्रतिशत सीमावर्ती भारतीय क्षेत्रका आँखाका बिरामीहरु रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ